बिडम्बना « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

बिडम्बना


५ फाल्गुन २०७४, शनिबार


परदेश जाँदा
गाउँको वल्लो चौतारोसम्म
बिदाई गर्न आएकी थिईन मेरी
अधबैंसे आमा र नौजवान श्रीमती

आज
फर्किदाँ गाउँको वल्लो चौतारोमा
स्वागत गर्न आएका छन् एक हुल आफन्त
एक हुल गाउँले अनि मेरी बुढी आमा

र यही हुलमा खोजिरहेछु
म एउटा मान्छे जो मेरी
अर्धाङगिनी थिईन

Tags :
प्रतिक्रिया दिनुहोस