२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

१८ महिनापछि प्रधानमन्त्रीका रूपमा सिंहदरबार फर्किए केपी ओली

अ+ अ-

काठमाडौं । एमाले अध्यक्ष केपी ओली १८ महिनापछि प्रधानमन्त्रीका रूपमा सिंहदरबार फर्किएका छन् । असोज ०७२ मा पहिलोपटक प्रधानमन्त्री भएका उनीविरुद्ध माओवादी र कांग्रेसले अविश्वास प्रस्ताव ल्याएपछि उनको कार्यकाल १० महिनामा सकिएको थियो । अघिल्लो साउनमा सिंहदरबारबाट बिदा भएका उनी माओवादीकै समर्थनमा सिंहदरबार पुगेका छन् ।

एमालेका १२१ र माओवादी केन्द्रका ५३ सहित १७४ सांसदको समर्थनमा उनी प्रधानमन्त्री नियुक्त भएका हुन् । प्रधानमन्त्री निर्वाचित हुन १३८ सांसदको समर्थन आवश्यक पर्छ ।

सरकार गठनको दाबीसहित ओली, एमाले नेता माधवकुमार नेपाल, महासचिव ईश्वर पोखरेल, नेता सुवास नेम्वाङ, माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलगायतका नेता बिहीबार बिहान राष्ट्रपति भवन शीतलनिवास पुगेका थिए । त्यसलगत्तै राष्ट्रपतिले संविधानको धारा ७६ को उपधारा २ अनुसार प्रधानमन्त्री नियुक्त गरेकी हुन् ।

राष्ट्रपतिबाट शपथ लिएलगत्तै नवनियुक्त प्रधानमन्त्री ओलीले तीन सदस्यीय मन्त्रिपरिषद् गठन गरेका छन् । पार्टी पोलिटब्युरो सदस्यद्वय लालबाबु पण्डित तथा थममाया थापा मन्त्रिपरिषद्मा समावेश भएका हुन् । पण्डितलाई जनसंख्या तथा वातावरण र थापालाई महिला बालबालिका तथा समाजकल्याण मन्त्रालयको जिम्मेवारी तोकिएको छ । पार्टीको समीकरणमा पण्डित नेपाल निकट हुन् भने थापा संस्थापन समूहकी हुन् ।

तत्कालीन प्रधानमन्त्री सुशील कोइराला नेतृत्वको क्याबिनेटमा सामान्य प्रशासनमन्त्री रहेका पण्डित पछिल्लो निर्वाचनमा मोरङ–६ बाट कांग्रेस नेता शेखर कोइरालालाई पराजित गर्दै निर्वाचित भएका थिए । म्याग्दीकी थापा भने समानुपातिकबाट निर्वाचित सांसद हुन् । उनी पहिलोपटक क्याबिनेट मन्त्री बनेकी छिन् । पहिलो चरणमा महासचिव ईश्वर पोखरेल, सचिव प्रदीप ज्ञवाली र युवा नेता रवीन्द्र अधिकारीमध्ये दुईलाई मन्त्री बनाउने चर्चाबीच ओलीले सफल मन्त्रीको छवि बनाएका मधेसी समुदायका पण्डित र महिला थापालाई मन्त्री बनाएका छन् । दुवैले बिहीबार शपथ लिएका छन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

0 Comments