२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

इतिहासको सर्वाधिक ठूलो मन्त्रिपरिषद्को बिदाइ

अ+ अ-

काठमाडौं । आफ्नो आठमहिने कार्यकालमा प्रधानमन्त्री शेरबहादुर देउवा स्थानीय निर्वाचन, प्रदेश सभा निर्वाचन र प्रतिनिधिसभा निर्वाचन सम्पन्न गराएर संविधान कार्यान्वयन गराउन सफल भए । यस अर्थमा प्रधानमन्त्रीको कार्यकाल सफल भएको छ ।

आफैंले गराएको निर्वाचनमा पराजित भएपछि पनि उनले नीतिगत र दीर्घकालीन असर पर्ने प्रशासनिक निर्णय गर्न कत्ति पनि संकोच मानेनन् । खासगरी लामो समयदेखि रोकिएका नियुक्तिका निर्णय गर्न र आर्थिक सहायता वितरण गर्न पनि उनले यही समय रोजे ।

यही काममा उनले निर्वाचनअगाडि ध्यान दिन सकेको भए उनको दलको प्रतिष्ठा बढ्ने थियो । तर, पराजयको जिम्मा लिनुको सट्टा सुशासनमा सम्झौता गर्दा उनको छवि थप धुमिल भएको छ ।

बिहीबार देशवासीका नाममा सम्बोधन गर्दै प्रधानमन्त्रीबाट राजीनामा दिएका शेरबहादुर देउवाले शुक्रबार नै सरकारीनिवास बालुवाटार छोड्ने तयारी गरेका छन् । उनी बालुवाटारबाट बूढानीलकण्ठस्थित निजी निवास जानेछन् ।

‘देशले नयाँ प्रधानमन्त्री पाइसकेकाले शुक्रबार बिहान बालुवाटार छोडेर उहाँ बूढानीलकण्ठस्थित निजी निवासमा जानुहुन्छ,’ देउवाका प्रेस संयोजक गोविन्द परियारले भने ।

१. देशको इतिहास सबैभन्दा धेरै मन्त्री
प्रधानमन्त्रीका रूपमा देउवाले ०५२ मा ५२ जनासम्मलाई मन्त्रिपरिषद्मा अटाएर इतिहास बनाएका थिए । आफ्नै इतिहास तोड्दै यसपालि उनले ६४ जनालाई मन्त्री बनाए ।

२. इतिहासमै धेरै विनाविभागीयमन्त्री
देउवा मन्त्रिपरिषद्मा १५ जना विनाविभागीय मन्त्री भए । खासमा सरकारमा कांग्रेससँग र निर्वाचनमा एमालेसँग मिल्ने माओवादी नीतिले यस्तो अवस्था आएको हो । दुर्भाग्य १ यो सब देउवाकै पाला भयो । अझ तिनै मन्त्रीले प्रधानमन्त्री र सरकारविरुद्ध भाषण गरेको अस्वाभाविक इतिहास पनि दर्ज भयो ।

३. सामाजिक सुरक्षामा नयाँ घोषणा, तर चुनावपछि
७० वर्षमा वितरण हुँदै आएकोमा देउवाले ६५ वर्ष पुगेका नागरिकलाई वृद्धभत्ता दिने निर्णय गरे । यस्तै, भूकम्पपीडितलाई १ लाख थप गरेर ४ लाख अनुदान दिने निर्णय गरे । ढुकुटीमा करिब १ खर्ब ६ अर्ब भार बढाउने निर्णय देउवाले निर्वाचन हारेपछि मात्र गरे, खर्च कुन स्रोतबाट गर्ने भन्ने देखाएनन् ।

४. सदाचारको निर्णय गरेर विदेश भ्रमणमा करोडौँ
पहिलो निर्णयस्वरूप राष्ट्रिय सदाचार नीति ल्याउने घोषणा गरेका देउवाले ८ महिनामा विदेश भ्रमणमा मात्र करिब १८ करोड खर्च गराएका छन् । उनले करिब १५ सय कर्मचारी विदेश भ्रमणमा पठाए । आर्थिक सहायताका नाममा करिब २५ सय आफ्ना कार्यकर्तालाई करिब ४० करोड वितरण गरे ।

५. निर्वाचन आचारसंहिताको उल्लंघन : नियुक्ति र सरुवा
निर्वाचन आयोगका अनुसार सरकारले १४ भदौदेखि ११ मंसिरसम्म आचारसंहिताविपरीत ५७ वटा राजनीतिक नियुक्ति, १२० करार नियुक्ति, १ सय १२ वटा सरुवा, २ सय ५२ काज सरुवा ग¥यो । एकैदिन एकै जिल्लामा तीनवटा सरुवा गर्ने काम पनि उनले गरे । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

0 Comments