प्रधानमन्त्री ओलीद्वारा सपथ ग्रहण « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

प्रधानमन्त्री ओलीद्वारा सपथ ग्रहण


३ फाल्गुन २०७४, बिहिबार


काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्रीका रुपमा सपथ ग्रहण गरेका छन् ।

शीतल निवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीले उनलाई पद तथा गोपनियताको सपथ गराइन् ।

एमाले अध्यक्षसमेत रहेका ओलीलाई बिहीबार नै राष्ट्रपति भण्डारीले संविधानको धारा ७३ को उपधारा २ बमोजिम प्रधानमन्त्री नियुक्त गरेकी हुन्। ओली मुलुकको ३८ ‌औं प्रधानमन्त्री बनेका छन्।

विशेष समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, निवर्तमान प्रधानमन्त्री शेरबहादुर देउवा, प्रधानन्यायाधीश गोपाल पराजुलीलगायत पूर्वप्रधानमन्त्री, पूर्वउपप्रधानमन्त्री, पूर्वसभामुख एवम् विभिन्न प्रदेशका प्रमुख, मुख्यमन्त्री, मन्त्रीहरू, संवैधानिक निकायका प्रमुख, तीनवटै सुरक्षा निकायका प्रमुख, उच्च पदस्थ कर्मचारी, नेपालस्थित कूटनीतिक निकायका प्रमुख तथा प्रतिनिधि, विभिन्न राजनीतिक दलका नेता, पत्रकार, उद्योगी तथा व्यवसायी समारोहमा उपस्थित थिए।

निर्वाचन आयोगले बुधबार साँझ राष्ट्रपतिसमक्ष निर्वाचनको परिणाम बुझाएपछि बिहीबार एमाले र माओवादी केन्द्रका शीर्ष नेताका साथ राष्ट्रपति कार्यालय पुगेका ओलीले भावी प्रधानमन्त्रीमा दाबी पेस गरेसंगै राष्ट्रपति भण्डारीले प्रधानमन्त्रीमा नियुक्त गरेकी हुन्।

प्रतिक्रिया दिनुहोस