२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

ललितपुर बलात्कार प्रकरण: तीनै अभियुक्त ‘फरार’

अ+ अ-

काठमाडौं । ललितपुरको गोदामचौरमा तीन महिनाअघि भएको बलात्कार तथा ज्यान मार्ने उद्योगका मुख्य तीन अभियुक्तलाई तत्काल पुर्पक्ष थुनामा राख्ने अदालती आदेशको एक सातापछि मात्रै प्रहरीले उनीहरू ‘फरार’ रहेको थाहा पाएको छ ।

गत बिहीबार पाटन उच्च अदालतले दिएको आदेशको औपचारिक पत्र जिल्ला प्रहरी कार्यालयले सोमबार मात्रै पाएको र तत्काल अभियुक्तको ‘लोकेसन’ मा खोजी गर्दा उनीहरू फरार भइसकेको प्रहरीले जनाएको छ । ‘यो स्थितिबारे महानगरीय प्रहरी परिसर, ललितपुर र अपराध महाशाखालाई पनि अवगत गराएका छौं,’ महानगरीय प्रहरी वृत्त, सातदोबाटोका डीएसपी विनोद सिलवालले भने, ‘फरार अभियुक्तको ‘लोकेसन ट्रेस’ गर्ने काम थालिएको छ ।’ अदालती आदेशलगत्तै आफूले मौखिक रूपमा बाँडेगाउँस्थित प्रहरी प्रभागमा अभियुक्तको थातथलो निगरानी गर्न निर्देशन दिएको जनाउँदै सिलवालले खोजबिनमा तदारुकता अपनाइने बताए । जबर्जस्ती करणी तथा ज्यान मार्ने उद्योगमा किटानी जाहेरीमा परेका तीन अभियुक्तलाई साधारण तारिखमा छाड्ने जिल्ला अदालतको फैसला बदर गर्दै गत बिहीबार उच्च अदालत पाटनले ‘प्राप्त प्रारम्भिक प्रमाणका आधारमा आरोपीलाई पुर्पक्षका लागि तत्काल थुनामा राख्ने’ फैसला गरेको थियो ।

पुनरावेदनमा जानुअघि ललितपुर भित्री बस्तीकी २१ वर्षीया युवतीमाथि जबर्जस्ती करणी तथा ज्यान मार्ने उद्योगमा किटानी जाहेरीका आधारमा ललितपुर गोदामचौरका रघु सिलवाल (३२), विशालध्वज कार्की (२०) र पवन कुँवर (२०) लाई थुनामा राखिए पनि जिल्ला अदालतले ‘किटानीमा दह्रो प्रमाण नभएको’ भन्दै थुनामुक्त गरिदिएको थियो । हातखुट्टा भाँचिएको र टाउको समेत फुटेको अवस्थामा गत मंसिर ३ गते बिहान खेतबारीमा भेटिएकी युवतीको ७ दिनपछि मात्रै अस्पतालमा होस आएको थियो । होस फिरेपछि लिइएको बयान र किटानी जाहेरी आधारमा आरोपी पक्राउ गरिएको थियो ।

पीडित युवतीको शरीरमा पाइएको वीर्य, रौं, रगतसहितका १६ वटा ‘यथेष्ट प्रमाण’ को विधिविज्ञान परीक्षण प्रतिवेदन नआईकन जिल्ला अदालतले अभियुक्तलाई रिहा गर्न दिएको आदेश ‘सन्देहास्पद’ बनेको थियो । प्रहरीको विधिविज्ञान प्रयोगशालाले प्राप्त प्रमाणको परीक्षण गर्न अझै केही समय लाग्ने जनाएको छ । पिसाब र रगतमा संक्रमण देखिएपछि पीडित युवती अहिले पनि अस्पतालमै छिन् ।

पीडितका पक्षमा बहस पैरवी गर्दै आएका स्वतन्त्र कानुन व्यवसायीले ‘न्यायिक फैसलालाई कदर गर्ने र पीडितलाई न्याय दिलाउने कुरामा प्रहरी–प्रशासनको सहयोग शून्य रहेकाले अभियुक्त फरार भएको’ प्रतिक्रिया दिएका छन् । उच्च अदालतमा पीडित जाहेरीवालाका तर्फबाट अधिवक्ता स्वागत नेपाल र टीपी शर्मा कँडेलले बहस गरेका थिए । आजको कान्तिपुर दैनिकमा खबर छ ।

0 Comments