२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

वायुसेवा निगममा बेथिति : चार जहाज, एक क्याप्टेन

अ+ अ-

काठमाडौं । राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमसँग १७ सिट क्षमतायुक्त जहाजको संख्या चार पुगेको छ । तर, अचम्म के छ भने ती जहाज उडाउन एकजना मात्र क्याप्टेन छन् ।

निगमले मंगलबार एकैपटक दुई थान चिनियाँ जहाज थपे पनि तिनलाई ‘कमान्ड’ गर्न एकजनामात्र क्याप्टेन भएपछि निगम ‘थाल खाऊँ न भात खाऊँ’ को अवस्थामा पुगेको छ । चीनमा निर्मित १७ सिट क्षमतायुक्त ‘वाई १२–ई’ सिरिजका दुई थान नयाँ दुई र हाल सञ्चालनमा रहेका यही सिरिजका दुई गरी चार थान वाई १२–ई जहाज कमान्ड गर्न वरिष्ठ क्याप्टेन निपेन्द्र भट्टराईमात्र छन् । उनलाई साथ दिने को–पाइलट चारजना छन् ।

‘दुइटा मात्र हुँदा त पर्याप्त उडाउन सकिएको थिएन झन् अब चार भएपछि नयाँ दुई जहाजलाई घाममा सेकाउने बाहेक अर्को विकल्प छैन,’ निगमका एक उच्च अधिकारीले मंगलबार नागरिकसँग लाचारी पोखे, ‘जहाज नहुँदा निगमले केही गर्न सकेन भन्छन् र अब हुँदा पनि केही गर्न नसकिने भयो ।’निगममा चार थान वाई १२–ई जहाज उडाउन प्रशिक्षक पाइलट आङनुरी शेर्पा, वरिष्ठ क्याप्टेन भट्टराई र सञ्जयबादे श्रेष्ठ र क्याप्टेन उद्धव घिमिरे छन् ।

तीमध्ये राजीनामा दिएर हिँडेका प्रशिक्षक पाइलट शेर्पा दुई सातादेखि अमेरिकामा छन् । वरिष्ठ क्याप्टेन श्रेष्ठ बिरामी बिदामा छन् भने क्याप्टेन घिमिरेको उडान लाइसेन्स नवीकरण फेल हुँदा उडाउन पाएका छैनन् । अर्का क्याप्टेन अनिशमान शाक्यले राजीनामा दिएका छन् । त्यही भएर चारवटै जहाजको जिम्मेवारी वरिष्ठ क्याप्टेन भट्टराईको काँधमा आएको हो ।

ती जहाज उडाउन को–पाइलटहरू लिबर्टी भण्डारी, सिर्जना रावत, प्रचण्ड खड्का, राकेशकुमार काफ्ले, विजय अवाले, रविन केसी र महेशराज पाण्डे छन् । तीमध्ये खड्को ‘पाइलट प्रोफिसिएन्सी चेक’ (पिपिसी) पूरा भएको छैन भने केसी र पाण्डेको प्रशिक्षक पाइलट (आइपी) उडान अवधि पूरा नभएका कारण जहाज उडाउन पाउँदैनन् ।

निगमले मंगलबार ल्याएका दुई जहाजलाई नेपाल नागरिक उड्डयन प्राधिकरणले ‘९ एन–एकेयु’ र ‘९ एन–एकेभी’ कलसाइन दिएको छ । ‘केही दिनभित्र दुवै नयाँ जहाजलाई नियमित व्यापारिक उडानमा प्रयोग गर्ने तयारी छ,’ निगमका कर्पोरेट डाइरेक्टर तथा प्रवक्ता रवीन्द्र श्रेष्ठले नागरिकसँग भने, ‘तर, पाइलटको चरम अभाव भएका कारण सबै जहाजलाई पालैपालो उडाउने बाहेक अन्य विकल्प हामीसँग छैन ।’
दुइटा वाई १२–ई हुँदा निगमले सातामा २८ उडान गर्ने तालिका बनाएको छ । अब चारवटा भएपछि सातामा ५६ सम्म उडान गर्ने उसको योजना छ । यस हिसाबले एक दिनमा एउटा जहाजले दुई उडान गर्नुपर्नेछ । अब एउटा क्याप्टेन र चार को–पाइलटले एकैचोटि चार जहाजबाट दैनिक ८ उडान गर्न असम्भव छ । एउटा जहाज उडाउन एकजना क्याप्टेन र एकजना को–पाइलट चाहिन्छ ।

मुलुकको उड्डयन क्षेत्रको नियामक निकाय नागरिक उड्डयन प्राधिकरणको नियमअनुसार आन्तरिक उडान गर्ने निगमको एक थान साना जहाज उडाउन क्याप्टेन र को–पाइलट गरी पाँचजना चाहिन्छ । यसको अर्थ दुई क्याप्टेन र तीन को–पाइलट वा तीन क्याप्टेन र दुई को–पाइलट हुनुपर्छ भन्ने हो ।

‘एक क्याप्टेन र चार को–पाइलटबाट चार जहाज उडाउने असम्भव काममा निगम लागेको छ,’ निगमकै एक वरिष्ठ पाइलटले नागरिकसँग तितो पोखे, ‘एउटा क्याप्टेनले चारवटा जहाज सँगसँगै कसरी उडाउन सक्छ ? यसको अर्थ के हो भने चार जहाज कहिल्यै पनि सँगै उड्न सक्दैनन् ।’उनका अनुसार एकमात्र क्याप्टेनले एउटा जहाज उडाएपछि बाँकी तीन जहाज उडाउन क्याप्टेन हुँदैनन्, अनि तालिका भए पनि जहाज थन्किन्छन् ।

निगमले दुई थान वाई १२–ई जहाज मंगलबार ल्याए पनि ती जहाज तीन वर्षअघि नै चीनले निर्माण गरेको थियो । निगमले एकैपटक चार थान खरिद गर्ने र दुइटा सित्तंैमा दिने सम्झौताअनुसार साढे ३ अर्ब रुपैयाँमा चीनसँग जहाज खरिद गरेको हो । उक्त रकम पनि चीनसँगै सहुलियतपूर्ण ऋणमा लिइएको हो । चीनसँग भएको सम्झौताअनुसार १७ सिटे चार थान वाई१२–ई र ५८ सिटे दुई थान ‘मोडर्न आर्क’ (एमए–६०) सिरिजका छन् । निगमले अनुदानमा पाएका एकएक थान वाई १२–ई र एमए–६० जहाज सुरुमा ल्याएको थियो । त्यसपछि खरिद गरिएकामध्ये वाई १२–ई र एमए–६० ल्याएको थियो । अहिले अन्तिम दुई वाई १२–ई ल्याएको हो । आजको नागरिक दैनिकमा खबर छ ।

0 Comments