कहाँ कसरी बन्दै छन् प्रदेश सरकार ? « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

कहाँ कसरी बन्दै छन् प्रदेश सरकार ?


२ फाल्गुन २०७४, बुधबार


प्रदेश १ : ३ फागुनमा प्रदेश सभाको बैठक

प्रदेशको मुख्यमन्त्रीमा एमालेका शेरधन राईले आज नियुक्ति पाउनेछन् । बिहीबार शपथपछि तीन सदस्यीय मन्त्रिपरिषद् गठन गर्ने तयारी छ । प्रदेश सभामुखमा प्रदीपरत्न भण्डारी नियुक्ति भएका छन् । बिहीबार बस्ने प्रदेश सभा बैठक उपसभामुखको चयन गर्नेछ ।

प्रदेश २ : मुख्यमन्त्रीमा लालबाबुको दाबी

प्रदेशको मुख्यमन्त्रीमा संघीय समाजवादी फोरमका मोहम्मद लालबाबु राउतले मंगलबार दाबी प्रस्तुत गरेका छन् । मुख्यमन्त्री नियुक्तिलगत्तै मन्त्रिपरिषद् गठन हुनेछ । बुधबार प्रदेश सभामुखकोे निर्वाचन हुने कार्यतालिका छ । सभामुखका लागि राजपाका सरोजकुमार यादव प्रत्याशी देखिएका छन् । प्रदेश सभा बैठकले उपसभामुखको पनि टुंगो लगाउने कार्यतालिका छ ।

प्रदेश ३ : पौडेल नेतृत्वमा वामपन्थी सरकार

प्रदेशको मुख्यमन्त्रीमा संघीय समाजवादी फोरमका मोहम्मद लालबाबु राउतले मंगलबार दाबी प्रस्तुत गरेका छन् । मुख्यमन्त्री नियुक्तिलगत्तै मन्त्रिपरिषद् गठन हुनेछ । बुधबार प्रदेश सभामुखकोे निर्वाचन हुने कार्यतालिका छ । सभामुखका लागि राजपाका सरोजकुमार यादव प्रत्याशी देखिएका छन् । प्रदेश सभा बैठकले उपसभामुखको पनि टुंगो लगाउने कार्यतालिका छ ।

प्रदेश ४ : ४ फागुनमा मुख्यमन्त्रीको शपथपछि मन्त्रिपरिषद् विस्तार

प्रदेश ४ को मुख्यमन्त्रीमा एमालेका पृथ्वी सुब्बा गुरुङ नियुक्त भएका छन् । उनले ४ फागुनमा शपथ लिएपछि मन्त्रिपरिषद् विस्तार गर्ने भएका छन् । प्रदेश सभामुखको निर्वाचन बिहीबार हुनेछ । सभामुख पदमा माओवादीका नेत्रप्रसाद अधिकारीको दाबी छ ।

प्रदेश ५ : तीन सदस्यीय मन्त्रिपरिषद् गठन गर्ने तयारी

प्रदेश ५ मा एमालेका शंकर पोखरेल मुख्यमन्त्री भएका छन् । उनले बिहीबार मुख्यमन्त्रीको शपथ खाने कार्यक्रम छ । सोही दिन उनले तीन सदस्यीय मन्त्रिपरिषद् गठन गर्ने तयारी गरेका छन् । एमाले र माओवादीबाट एक–एक गरी मुख्यमन्त्रीसहित तीन सदस्यीय मन्त्रिपरिषद् गठन गर्ने तयारी भएको छ । पहिलो चरणमा एमालेबाट बैजनाथ चौधरी, लीला गिरी, विष्णु पन्थीमध्येबाट एक तथा माओवादीबाट कुलप्रसाद केसी सोनाम, दधिराम न्यौपाने, कृष्णध्वज खड्कामध्ये एकजना सरकारमा जाने सम्भावना रहेको बताइन्छ । सभामुखमा माओवादीका पूर्ण घर्ती र उपसभामुखमा भने अझै टुंगो लागिसकेको छैन ।

प्रदेश ७ : सानो आकारको सरकार गठनको तयारी

मुख्यमन्त्रीमा माओवादीका त्रिलोचन भट्टले दाबेदारी पेस गरेका छन् । बिहीबारको प्रदेश सभा बैठकले मुख्यमन्त्रीको चयन गर्नेछ । मुख्यमन्त्रीले शपथ लिएपछि सानो आकारको सरकार गठनको तयारी छ । २९ माघमा बसेको प्रदेश सभा बैठकले सभामुखमा एमालेका अर्जुन थापालाई चयन गरेको थियो । उपसभामुखका लागि ६ फागुनमा निर्वाचन हुनेछ ।

आलोपालो प्रस्तावले प्रदेश ६ को मुख्यमन्त्रीमा विवाद

एमाले र माओवादी केन्द्रबीच मुख्यमन्त्रीको कार्यकाल आलोपालो गर्ने विवाद निस्किएपछि प्रदेश ६ को मुख्यमन्त्री नियुक्तिमा ढिलाइ भएको छ । एमाले संसदीय दलका नेता यामलाल कँडेल र माओवादी संसदीय दलका नेता महेन्द्रबहादुर शाहीबीचको छलफलमा पाँचवर्षे कार्यकाल बाँडफाँड गर्ने मुद्दा उठेको हो । एमाले नेता कँडेलले कार्यकाल बाँडफाँड गर्नुपर्ने प्रस्ताव राखेपछि माओवादीले अस्वीकार गरेको हो । जसले गर्दा एमाले र माओवादीले प्रदेश प्रमुखलाई मुख्यमन्त्री नियुक्तिबारे दाबीपत्र लेख्न सकेका छैनन् ।

एमाले स्रोतका अनुसार पहिलो चरणमा शाही र दोस्रो चरणमा कँडेल मुख्यमन्त्री हुनुपर्ने प्रसंग उठेपछि दुई दलबीच सहमति नभएको हो । ३ फागुनभित्र मुख्यमन्त्री चयन भइसक्नुपर्ने व्यवस्था भएकाले दुई दलले पत्र लेखी प्रदेश प्रमुखलाई मुख्यमन्त्री नियुक्तिका लागि आग्रह गर्न सक्नेछन् ।

माओवादी नेता शाहीले एमालेले दलको बैठकपछि खबर गर्ने भनेको, तर अहिलेसम्म खबर नआएकाले प्रदेश प्रमुखलाई पत्र लेख्न नसकिएको बताए । मुख्यमन्त्रीको कार्यालयमा विवाद नटुंगिएका कारण मन्त्रालय बाँडफाँडबारे छलफलसमेत भएको छैन । स्रोतका अनुसार एमालेले पाउने चार मन्त्रालयमा केपी ओली पक्ष र माधव नेपाल पक्षले दुई–दुईवटा लिने गरी छलफल भएको छ । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस