२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

किसानका लागि आएको बजेट दुरुपयोग

अ+ अ-

काठमाडौं । कृषिमन्त्री रामकृष्ण यादबले मन्त्रालय र मन्त्रालयअन्तर्गत कर्मचारीका लागि ‘गिफ्ट ह्यापेर’ भएको आकर्षक प्याकेज कार्यान्वयनमा ल्याएका छन्। कार्यरत कर्मचारीसहित उनका पति र पत्नीलाई पनि निःशुल्क रुपमा वैदेशिक भ्रमणमा घुमफिर गर्न पठाउने प्याकेज मन्त्री यादबले कार्यान्वयनमा ल्याएका हुन्।

किसानको नाममा आएको करोडौं रकम कसरी दुरुपयोग हुँदो रहेछ, त्यसको ज्वलन्त उदाहरणको रुपमा यो प्याकेज भेटिएको हो। वैदेशिक स्थलगत भ्रमण र अवलोकनमा किसानलाई बढी प्राथमिकता दिनुको साटो मन्त्रालयले कर्मचारी र उनका पति–पत्नीलाई उच्च प्राथमिकता दिदैंआएको तथ्य फेला परेको छ।

मन्त्री यादबले मन्त्रालयसँग सरोकार नराख्ने कर्मचारीका पत्नी र पतिलाई आफै छनौट गरी अष्टे«लिया पठाउने आफैले निर्णय गरेको कागजात अन्नपूर्ण पोष्टले प्राप्त गरेको छ। मन्त्री यादबले दम्पतिसहित पाँचजना कर्मचारीलाई अष्ट्रेलिया पठाउन लागेका हुन्।

विश्व बैंकको आर्थिक सहयोगमा सञ्चालित मन्त्रालय अन्तर्गतको जलवायु प्रकोप समुत्थान निर्माण आयोजनामार्फत सहसचिब, उपसचिब, बरिष्ठ योजना अधिकृत, बरिष्ठ बाली विज्ञान अधिकृत, बरिष्ठ कृषि विकास अधिकृत, बरिष्ठ अनुगमन तथा मूल्याँकन अधिकृत, आयोजना निर्देशक, लेखा अधिकृत र शाखा अधिकृत गरी नौं जनालाई अष्ट्रेलियाको भ्रमणमा पठाउने निर्णय मन्त्री यादबले गरेका हुन्। यसमध्ये पाँचजना दम्पतीसहित जान पाउने भनेर मन्त्री यादबले नाम छनौट गरी कन्सुलर सेवा विभागमा भिसा उपलब्धताका लागि सिफारिशसमेत गर्न लगाएका छन्।

अष्ट्रेलियाको क्यानवेरामा आगामी सोमबारदेखि हुन लागेको दुई दिने ‘ईवाटर एण्ड म्यानेजमेण्ट फर एग्रीकल्चर’ तथा अष्ट्रेलियाकै मेलवर्नमा आगामी बिहिबारदेखि हुन लागेको अर्को दुई दिने ‘क्लाइमेट एक्सट्रिम र सिजनल क्लाइमेट आउटलुक’ सम्बन्धी दुई छुट्टाछुट्टै कार्यक्रममा सहभागी गराउन दम्पतीसहित कर्मचारीको नाम सिफारिश गरिएको हो।

मन्त्री यादबको अध्यक्षतामा गत् माघ २४ गते बसेको बैठकले ती दुवै कार्यक्रममा सहभागी हुन भनेर मन्त्रालयका सहसचिब लेखनाथ आचार्यसहित उनका पत्नी मञ्जुकुमारी पौडेल आचार्य (राहदानी नम्बर १००१४१२४), उपसचिब खिमानन्द भुसालसहित उनका पत्नी कमला भण्डारी (राहदानी नम्बर ०९५७७८१०), जलवायु प्रकोप समुत्थान निर्माण आयोजनाका निर्देशक शिवनन्दनप्रसाद शाहसहित उनका पत्नी आशाकुमारी शाह (राहदानी नम्बर ०८६९५१६४) को नाम छनौट गरी भिसाका लागि कन्सुलर सेवा विभागलाई सिफारिश गरिएको छ।

यसैगरी मन्त्रालयका शाखा अधिकृत श्रीमति गौरी अधिकारीसहित उनका पति शिबहरी अधिकारी (राहदानी नम्बर ०५९९८७२३) र जलवायु आयोजनाका लेखा अधिकृत टिकाराम रिजालसहित उनका पत्नी लक्ष्मी पोखरेल (राहदानी नम्बर १०७५६७९९) लाई पनि उक्त कार्यक्रममा सहभागी हुन निर्णयसहित सिफारिश गरिएको छ।

यस वाहेक उक्त कार्यक्रममा क्षेत्रीय कृषि निर्देशनालय दिपायलका बरिष्ठ योजना अधिकृत पशुपति पोख्रेल, राष्ट्रिय औद्योगिक बालि बिज्ञान कार्यालयका बरिष्ठ बाली बिज्ञान अधिकृत रमेशप्रसाद कोइराला, जिल्ला कृषि विकास कार्यालय रौतहटका वरिष्ठ कृषि विकास अधिकृत राजनारायण यादब र प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाका बरिष्ठ अनुगमन तथा मूल्याँकन अधिकृत नवराज भण्डारीलाई पनि सहभागी गराउन नाम छनौट गरी भिसाको लागि कन्सुलर विभागलाई सिफारिश गरिएको छ।

कन्सुलर विभागलाई माघ २६ गते मन्त्रालयको योजना तथा वैदेशिक महाशाखाका शाखा अधिकृत प्रकाश श्रेष्ठले भिसाका लागि पत्राचार गरेका थिए। उक्त पत्रअनुसार नौंजनामध्ये पाँच जना कर्मचारी आफ्नो पत्नी तथा पतिका साथ उक्त कार्यक्रममा सँगै सहभागी हुने उल्लेख छ।

यस्ता उच्च पदस्थ कर्मचारीहरु आगामी शनिबार नेपालबाट अष्ट्रेलियाका लागि उड्दैछन्। अष्ट्रेलियाको कार्यक्रममा सहभागी हुने नाममा दम्पतिसहितका कर्मचारी सातदिन घुमफिर सकेर नेपाल फर्किने कार्यतालिका छ।

कृषि मन्त्री यादबसँग यो बिषयमा पटक पटक जिज्ञासा राख्दा उनले ‘कार्यक्रममा व्यस्त छु’ भन्दै पाँच पटकसम्म कुरा गर्न मानेनन्। ‘म कार्यक्रममा निक्कै व्यस्त छु, कुरा गर्न सक्दिन। अर्को दिन कुरा गरौला,’ भन्दै मन्त्री यादबले पटक पटक फोन काटेका थिए।

किसानलाई मौसम र जलवायुको विषयमा जानकारी उपलब्ध गराउने आयोजना हो, जलवायु प्रकोप समुत्थान निर्र्माण आयोजना। किसानलाई निः शुल्क रुपमा मोवाइल वितरण गरी समय समयमा खेतीपाती, मौसम र प्राविधिक जानकारी उपलब्ध गराउने मुख्य लक्ष्य भएको यो संस्था पछिल्लो समयमा बदनाम भएको आयोजनाको रुपमा चिनिएको छ। बर्षैभरी वैदेशिक भ्रमणमा जाने, किसानलाई कमशल मोवाइल उपलब्ध गराउने र लक्ष्यअनुसार किसानलाई मोवाइलमार्फत सूचना उपलब्ध गराउन नसक्ने गुनासो पछिल्लो समयमा निक्कै बढेको छ। आजको अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ ।

0 Comments