२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मेलम्ची आयोजना अन्तिम चरणमा

अ+ अ-

सिन्धुपाल्चोक । अन्तिम चरणमा पुगेको मेलम्ची खानेपानी आयोजनाको मुख्य संरचना सुरुङमार्ग एक महिनाभित्रै ‘ब्रेक थ्रु’ हुने भएको छ । जतिसक्दो चाँडो आयोजना सक्ने तदारुकता र लक्ष्यमा अन्यथा नभए मेलम्चीको पानी पिउने उपत्यकावासीको दुई दशक लामो सपना असारभित्रै पूरा हुने देखिएको छ।

‘बाँकी दुई सय ६० मिटर खनेपछि साढे २७ किलोमिटर लामो सुरुङमार्ग ब्रेक थ्रु हुनेछ,’ आयोजनाका उपकार्यकारी निर्देशक भोजविक्रम थापाले भने, ‘फागुन (मार्च दोस्रो साता) भित्र मुहानस्थल अम्बाथान–सुन्दरीजल सुरुङमार्ग जोड्न प्रतिबद्ध छौं ।’ सुरुङका तीनमध्ये दुई खण्ड ब्रेक थ्रु भइसकेका छन् । बीचको सिन्धु–ग्याल्थुम खण्ड ब्रेक थु्र गर्न अहिले तीव्र गतिमा काम भइरहेको छ।

७।७ किमि लामो सुरुङमार्ग रहने यो खण्डमा ५.१ किमि सुरुङको काम सकिएको छ । निर्माणमा संलग्न इटालियन ठेकेदार कम्पनी सिएमसी, कन्सल्ट्यान्ट र आयोजनाका अधिकारीबीचको बैठकले एक महिनाभित्रै सुरुङमार्ग ब्रेक थ्रु गर्ने साझा संकल्प गरेको उपकार्यकारी निर्देशक थापाले बताए ।

सबैभन्दा लामो सुन्दरीजल–सिन्धु खण्ड गत वर्ष पुसमा सुरुङमार्गले जोडिएको थियो । गत पुस १४ गते ८.२ किमि लामो ग्याल्थुम–अम्बाथान खण्ड ब्रेक थ्रु भएको थियो । यो दोस्रो लामो खण्ड हो । आयोजनाका अनुसार ठेकेदार कम्पनी सिएमसीले दैनिक आठ मिटरसम्म सुरुङ खनिरहेको छ । उसले यही दरलाई मात्र निरन्तरता दिए अबको ३२ दिनमै सुरुङ ब्रेक थ्रु हुनेछ।

‘ठेकेदारले दैनिक १२ मिटरसम्म पु¥याउने बाचा गरेकाले बाँकी सुरुङको काम सक्न त्यति दिन पनि नलाग्ने ठानेका छौं,’ थापाले भने । आयोजनाका अधिकारीहरुका अनुसार सुरुङमार्ग बन्दैमा मेलम्ची काठमाडौं पुग्दैन । निर्मित सुरुङ ढलान र मुहानस्थल (इन्टेक) मा ड्राइभर्सन च्यानल निर्माण गरेपछि मात्र पानी आपूर्ति सम्भव हुन्छ । सुरुङ ढलानलाई त्यति समय नलाग्ने देखिए पनि ड्राइभर्सन च्यानल बनाउन ६ महिना समय लाग्न सक्ने अधिकारी बताउँछन् । ढलान सकेपछि ड्राइभर्सन च्यानलको सट्टा तत्कालका लागि अस्थायी संरचना बनाएर पानी सुन्दरीजल खसाल्ने तयारीमा आयोजना छ ।

ठेकेदार कम्पनी सिएमसीसँगको सम्झौता तीन महिना थपेर असार (जुन) सम्म पुर्याइएको दाबी आयोजनाका अधिकारीले गरेका छन् । ठेकेदारसँगको सम्झौता फागुन (मार्च) मा सकिँदैछ । उक्त अवधिमा सुरुङ सम्पन्न हुने देखिए पनि ढलान गर्न नभ्याउने भएपछि उसकै आग्रहमा समय थपिएको आयोजनाको भनाइ छ।

‘सबै काम सकेर थपिएको समयभित्र सुन्दरीजलमा पानी खसाल्छौं,’ उपकार्यकारी निर्देशक थापाले भने, ‘असारभित्रै उपत्यकावासीले मेलम्ची पानी पाउँछन् ।’ उनका अनुसार अहिले बाँकी सुरुङ खन्ने र ढलान गर्ने काम सँगसँगै भइरहेको छ । सिन्धुबाट सुन्दरीजल र ग्याल्थुमबाट अम्बाथानतिर साढे तीन किमि सुरुङ ढलान भइसकेको छ । दुईतिरबाट मात्र काम गर्दा एकै दिन ७६ मिटरसम्म सुरुङ ढलान भएकाले यसमा धेरै समय नलाग्ने आयोजनाको निष्कर्ष छ । आजको नागरिक दैनिकमा खबर छ ।

0 Comments