सरकार गठन र पार्टी एकता संँगसँगै : उपाध्यक्ष रावल « प्रशासन
Logo १५ जेष्ठ २०७९, आइतबार
   

सरकार गठन र पार्टी एकता संँगसँगै : उपाध्यक्ष रावल


२९ माघ २०७४, सोमबार


काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष भीम रावलले नेकपा माओवादी केन्द्रसँगको पार्टी एकता र सरकार गठन प्रक्रियालाई सँगसँगै लैजाने बताएका छन् ।

रिपोर्टर्स क्लब नेपालद्वारा यहाँ आज आयोजित साक्षात्कारमा उपाध्यक्ष रावलले अब एक हप्ताभित्रमा नयाँ सरकार गठन हुने बताए ।

देशले राजनीतिक स्थिरता र स्वाधीनतासँगै समृद्धि चाहिरहेको सन्दर्भमा जतिसक्दो चाँडो पार्टी एकता आवश्यक रहेको उनको भनाइ थियो । पार्टी एकीकरण प्रक्रियाबारे पार्टीभित्र र बाहिर विभिन्न धारणा आउनु स्वाभाविक भएको उपाध्यक्ष रावलले बताए ।

‘वर्तमान सरकारले निर्वाचन आचारसंहिता, देश र जनताको चाहना विपरीत गरेका विभिन्न निर्णयहरू आगामी सरकारले पुनरावलोकन गर्नेछ’, उनले भने । रासस

प्रतिक्रिया दिनुहोस