२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रदेश २ को सरकारका लागि फोरम र राजपाबीच मन्त्रालय बाँडफाँड

अ+ अ-

काठमाडौं । प्रदेश २ मा संघीय समाजवादी फोरम र राष्ट्रिय जनता पार्टीको सरकार बन्ने भएको छ । बबरमहलस्थित राजपाको पार्टी कार्यालयमा शनिबार बसेको दुई दलका शीर्ष नेताहरूको बैठकले मन्त्रालय समेत बाँडफाँड गर्दै सरकार गठनबारे लिखित सहमति गरेको छ ।

फोरमले मुख्यमन्त्रीसहित तीन मन्त्रालय र राजपाले सभामुखसहित तीन मन्त्रालय लिएर प्रदेश सरकार चलाउने सहमति भएको राजपा अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोले बताए ।

केही दिनअघि जनकपुरमा भएको दुई दलका शीर्ष नेताहरूको वार्तामा मिलेर सरकार बनाउन सहमत भए पनि पदमा भागबन्डा मिल्न सकेको थिएन । बैठकमा मुख्यमन्त्रीमा आलोपालो गर्नुपर्ने राजपाले राखेको प्रस्ताव फोरमले अस्वीकार गरेपछि सहमति हुन सकेको थिएन ।

आफ्नो प्रस्तावमा फोरम सहमत नहुने देखेपछि शनिबारको बैठकमा राजपा केही लचिलो बनेको थियो । सोही कारण पाँच वर्ष प्रदेश २ मा सरकार चलाउने दुई दलबीच सहमति भएको हो ।

फोरम अध्यक्ष उपेन्द्र यादव र राजपा अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुरले सहमति–पत्रमा हस्ताक्षर गरेका छन् । सहमतिअनुसार फोरमले मुख्यमन्त्रीसहित आन्तरिक मामिला (गृह) तथा कानुन, आर्थिक मामिला तथा योजना, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय र उपसभामुख पाउने छ । राजपाले सभामुखसहित भौतिक पूर्वाधार, सामाजिक विकास र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय पाउने सहमति–पत्रमा उल्लेख छ ।

प्रदेश २ मा फोरम र राजपा तालमेल गरी निर्वाचन लडेका थिए । दुई दलको बहुमत छ । प्रदेश सभाको प्रत्यक्षतर्फ ६४ सिटमध्ये संघीय समाजवादी फोरम २० र राष्ट्रिय जनता पार्टीले १५ सिट जितेका थिए । समानुपातिकतर्फको ४३ सिटमध्ये राजपाले १० र फोरमले नौ सिट पाएको छ । एक सय सात सांसद रहेको प्रदेश २ मा बहुमतका लागि ५४ सिट आवश्यक पर्छ ।

फोरमको २९ र राजपाको २५ जोडदा ५४ नै पुग्छ, जुन बहुमतका लागि आवश्यक सिट हो । सो प्रदेशमा प्रत्यक्षतर्फ वाम गठबन्धन (एमाले १२ र माओवादी केन्द्र सात) १९, कांग्रेसले नौ र एक सिट स्वतन्त्र उम्मेदवारले जितेका छन् । प्रदेश सभाको समानुपातिकतर्फ कांग्रेस ११, एमाले सात, माओवादी पाँच र नेपाल संघीय समाजवादी पार्टीले एक सिट पाएको छ  । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

0 Comments