२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

क्यासिनोमा अवैध पाँच विदेशी कामदार

अ+ अ-

काठमाडौं । नेपालमा विदेशी लगानीमा स्थापना भएको पहिलो पाँचतारे ‘टाइगर प्यालेस रिसोर्ट’ को उच्च व्यवस्थापन हेरिरहेका पाँच विदेशी श्रम स्वीकृतिबिना काम गरिरहेको भेटिएको छ।

सम्बद्ध स्रोतका अनुसार निःशुल्क भिसामा नेपाल आएका उनीहरू विगत ६ महिनादेखि रुपन्देही तिलोत्तमा नगरपालिका–१७ कोटिहवामा पाँचतारे स्तरको रिसोर्ट टाइगर प्यालेसको क्यासिनोमा प्रबन्धकदेखि महाप्रबन्धकसम्मका तहमा कार्यरत छन्।

नेपालको कानुनअनुसार विदेशी नागरिकले नेपालमा श्रम स्वीकृति लिएरमात्र काम गर्न पाउँछन् । तर, ती पाँच विदेशी भने श्रम स्वीकृतिबिना नै कार्यरत रहेको स्रोतले जानकारी दियो । उनीहरूबारे केही दिनयता अध्यागमन विभागले जानकारी लिइरहेको छ।

टाइगर प्यालेस रिसोर्टसहित त्यसमा सञ्चालित क्यासिनोमा अस्ट्रेलियास्थित बहुराष्ट्रिय कम्पनी सिल्भर हेरिटेज ग्रुपको ५ अर्ब २० करोड रुपैयाँ लगानी छ । यसको नेपाली साझेदार कम्पनी सिल्भर हेरिटेज इन्भेस्टमेन्ट प्रालि हो । यही ग्रुपले काठमाडौंमा क्यासिनो मिलेनायर्स क्लब पनि सञ्चालन गरिरहेको छ।

स्रोतका अनुसार श्रम स्वीकृतिबिना उक्त क्यासिनोमा काम गरिरहेका विदेशीमा बेलायतका पौल सिम्मन्स, अस्ट्रेलियाका एन्थोनी चाल्र्स ज्याक्सन, रुसका रामी ओबेइड, अस्ट्रेलियाका केभिन जोन विल्कक्स र फिलिपिन्सका भिक्टोरियो जेआर फेबाबियर छन् । तीमध्ये पौल क्यासिनोका उपाध्यक्ष, एन्थोनी र केभिन महाप्रबन्धक, रामी फुड एन्ड बेभरेज म्यानेजर र भिक्टोरियो प्रबन्धक हुन्।

‘नेपालमा दक्ष जनशक्ति जत्ति पनि छन् । विदेशी आए पनि श्रम स्वीकृति लिएर कानुनी हिसाबमा केही समय काम गरेपछि दक्षता हस्तान्तरण गरेर छोड्नुपर्छ,’ टाइगर प्यालेस रिसोर्ट तथा क्यासिनोको नेपालस्थित आधिकारिक कम्पनी सिल्भर हेरिटेज इन्भेस्टमेन्ट प्रालिका कार्यकारी अध्यक्ष राजेन्द्र बजगाईंले शनिबार नागरिकसँग भने, ‘यसबारे मैले क्यासिनोका प्रमुख कार्यकारी अधिकृत माइक बल्सोभरसँग धेरैपटक भन्दा पनि उनले बेवास्ता गर्दै आएका छन् ।’

क्यासिनो स्रोतका अनुसार गैरकानुनी काम गरिरहेका सबै पाँच विदेशीले तलब हङकङस्थित कार्यालयबाट लिइरहेका छन् भने यहाँ आवश्यक अन्य सबै सुविधा क्यासिनोले उपलब्ध गराइरहेको छ।

‘क्यासिनोलाई विदेशी पर्यटकको गन्तव्य बनाउने र त्यहाँ काम गर्ने सबै नेपाली राख्नुपर्छ भन्ने हाम्रो मान्यता हो,’ बजगाईंले भने, ‘तर, यसमा पनि प्रमुख कार्यकारी माइकले जबरजस्ती गर्दै आएका छन् भने अन्य धेरै विषयमा कुरा मिलेको छैन।’

त्यसैगरी क्यासिनोको नाम ‘सिल्भर हेरिटेज म्यानेजमेन्ट क्यासिनो’ राख्ने सहमति तोडेर प्रमुख कार्यकारी माइकले ‘टाइगर प्यालेस रिसोर्ट क्यासिनो’ नाम जबरजस्ती राखेका छन्।

सिल्भर हेरिटेज ग्रुप अस्ट्रेलियाको सिड्नी स्टक एक्सचेन्जमा सूचीकृत कम्पनी हो । ग्रुपले नेपालमा पहिलो चरणमा १० अर्ब रुपैयाँ लगानी गर्ने निर्णय गरिसकेको छ । यसमा क्यासिनो मिलेनायर्स क्लब, टाइगर प्यालेस रिसोर्ट, विभिन्न ठाउँमा पाँचतारे होटल, जलविद्युत् आयोजना आदि छन् । लगानी वृद्धि गर्दै ३० अर्बसम्म पु¥याउने ग्रुपको लक्ष्य छ ।

टाइगर प्यालेस रिसोर्टमा पहिलो चरणमा १ सय कोठा सञ्चालनमा ल्याइएको छ भने दोस्रो चरणमा थप ३ सय कोठा पाहुनाका लागि तयार हुने तथा सबै कोठा ‘डिलक्स’ हुने रिसोर्ट सञ्चालकले जानकारी दिएका छन्।

रिसोर्टमा तत्काल करिब ३ सयजनाले रोजगारी पाएका छन् । रिसोर्टमा पूर्ण रूपमा तयार भएपछि न्यूनतम १ हजार ५ सयदेखि १ हजार ८ सयजनाले प्रत्यक्ष रोजगारी पाउनेछन् । यसमध्ये ९५ प्रतिशत जनशक्ति स्थानीय हुनेछन् । रिसोर्टले १५ बिघा क्षेत्रफल ओगटेको छ।

रिसोर्टले बढी पैसा खर्च गर्ने गुणस्तरीय पर्यटक लक्ष्य गरेको छ । प्रतिरात प्रतिकोठा २ सय अमेरिकी डलरमा बिक्री गर्ने योजना रिसोर्ट व्यवस्थापनको छ । यो मूल्य १० प्रतिशत सेवा शुल्क र १३ प्रतिशत मूल्य अभिवृद्धि कर (भ्याट) बाहेक हो । रिसोर्ट पूर्ण रूपमा तयार भएपछि कोठाको मूल्य यकिन हुने रिसोर्टको भनाइ छ। आजको नागरिक दैनिकमा खबर छ ।

0 Comments