२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सिँचाइ मन्त्रालयका सचिवको शव फेला

अ+ अ-

धादिङ । नेपाल सरकारका सिँचाइ सचिव रामानन्द यादव चढेको बा २ झ ३१४० नं को जीप बेनीघाट रोराङ गाउँपालिका–३ सलाङघाटबाट आज बिहान त्रिशूली नदीमा परेर हराएकामा सचिव यादवलाई मृतावस्थामा फेला पारिएको छ ।

सशस्त्र प्रहरी गोताखोरको टोलीले उनको शव पानीबाट बाहिर निकालेको हो । बेपत्ता भएका उनका छोरा र एक किशोरी भने अझै भेट्टिएका छैनन् । जीपलाई डोरीले बाँधेर अड्काइएको प्रजिअ श्याम भण्डारीले जानकारी दिए ।

नारायणघाटबाट काठमाडौंतर्फ आउँदै गरेको जीपमा मन्त्रालयका सचिव यादव, उनका छोरा सञ्जय र एक किशोरी सवार थिए । चालक निराजन यादव भने घाइते भएका छन् । बेपत्ताको खोजी भइरहेको इलाका प्रहरी कार्यालय गजुरीका प्रहरी निरीक्षक सञ्जय तिमिल्सेनाले जानकारी दिए । घाइते चालकलाई उद्धार गरी उपचारका लागि काठमाडौं पठाइएको प्रहरीले जनाएको छ । रासस

0 Comments