२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

दसबर्से रणनीति बनाउँदै विज्ञान मन्त्रालय

अ+ अ-

काठमाडौं । विज्ञान प्रविधि र आविष्कारसम्बन्धी नयाँ रणनीति बनाउने गृहकार्यमा विज्ञान तथा प्रविधि मन्त्रालय जुटेको छ। मन्त्रालयले संघीय संरचनाअनुसार विज्ञान, प्रविधि र आविष्कारसम्बन्धी कामलाई गति दिन तथा अनुसन्धान र विकासका प्राथमिकताका क्षेत्र पहिचान गर्न दसबर्से रणनीति बनाउन लागेको हो। विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठानसँगको सहकार्यमा मन्त्रालयले रणनीति निर्माणका लागि आन्तरिक गृहकार्य गरिरहेको छ। त्यसका लागि आवश्यक सुझाव संकलन गर्न सातवटै प्रदेशमा छुट्टाछुट्टै अन्तक्र्रियासमेत सम्पन्न गरिसकेको छ।

विभिन्न क्षेत्रका विज्ञसँग नेपालमा विज्ञान, प्रविधि तथा आविष्कारको विकास, वर्तमान स्थिति र भविष्यको अवधारणा विषयमा मन्त्रालयले सुझाव संकलन गरेको मन्त्रालयका प्रवक्ता सुरेन्द्र सुवेदीले जानकारी दिए। उनले विभिन्न समिति गठन गरेर लिखित सुझावसमेत मागिएको बताए। ‘हामी विज्ञान र प्रविधिको क्षेत्रमा अहिले कहाँ छौं, हाम्रा प्राथमिकता के हुन्, यसबारे हामीले विज्ञसँग छलफल गरिरहेका छौं’, प्रवक्ता सुवेदीले भने, ‘उहाँहरूले दिएको सुझावअनुसार मन्त्रालयले आफ्नो प्राथमिकता छुट्याउँछ। यसले परिणाममुखी काम गर्न सहयोग गर्ने हाम्रो विश्वास छ।’

मन्त्रालयले राष्ट्रिय योजना आयोग, मन्त्रालयका उच्च अधिकारी, विश्वविद्यालयका प्राध्यापक र विज्ञसँग लिखित सुझाव मागेको छ। नीति भए पनि काम गर्न आवश्यक रणनीति नहुँदा ठोस परिणाम निस्कन नसकेको मन्त्रालयले स्वीकार गरेको छ। अहिलेसम्म यस क्षेत्रमा उल्लेख्य काम गर्न नसकेको भन्दै आलोचना हुँदै आएको बेला विज्ञान तथा प्रविधि मन्त्रालयले प्राथमिकताका क्षेत्र छुट्याएर काम गर्न लागेको हो। आजको अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ ।

0 Comments