अष्टलक्ष्मी पराजीत, डोरमणि पौडेल प्रदेश नं ३ को दलको नेतामा विजयी « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

अष्टलक्ष्मी पराजीत, डोरमणि पौडेल प्रदेश नं ३ को दलको नेतामा विजयी


२६ माघ २०७४, शुक्रबार


काठमाडौं । नेकपा एमाले प्रदेश नं ३ को संसदीय दलको नेतामा डोरमणि पौडेल विजयी भएका छन् ।

ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा सम्पन्न निर्वाचनमा पौडेल ३४ मत प्राप्त गर्दै विजयी भए भने उनकी प्रतिस्पर्धी अष्टलक्ष्मी शाक्यले २४ मत हासिल गरिन् । वाम गठबन्धनको सहमतिअनुसार पौडेल सो प्रदेशमा मुख्यमन्त्री बन्ने निश्चित देखिएको छ । यस प्रदेशमा एमालेका ५८ सदस्य छन् ।

हेटौँडा नगरपालिकाका पूर्व प्रमुख पौडेल मकवानपुरबाट प्रदेशसभा सदस्यमा निर्वाचित भएका थिए ।

प्रतिक्रिया दिनुहोस