एमाले प्रदेश ३ को दलको नेताका लागि निर्वाचन हुँदै « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

एमाले प्रदेश ३ को दलको नेताका लागि निर्वाचन हुँदै


२६ माघ २०७४, शुक्रबार


काठमाडौं । सहमति नभएपछि नेकपा एमाले प्रदेश नं ३ को संसदीय दलको नेता चयनका लागि आज निर्वाचन हुँदैछ ।

ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा हुने निर्वाचनका लागि अहिले उम्मेदवारी दर्ता चलिरहेको छ । हालसम्म डोरमणि पौडेल (मकवानपुर) ले उम्मेदवारी दर्ता गर्नुभएको छ भने पार्टीका उपाध्यक्ष अष्टलक्ष्मी शाक्य (काठमाडौं) ले उम्मेदवारी दिने तयारी गरेका छन् ।

यसअघि चर्चामा रहेका राजेन्द्र पाण्डेले उम्मेदवारी नदिने बुझिएको छ । दलको नेता प्रदेशको मुख्यमन्त्री हुने भएकाले यो प्रतिस्पर्धा रोचक हुने देखिएको छ । मनोनयनपछि दिउँसो १२ः३० पछि निर्वाचन हुने सो पार्टीका पोलिटब्यूरो सदस्य एवं प्रदेशसभा सदस्य सानुकुमार श्रेष्ठले जानकारी दिए । रासस

प्रतिक्रिया दिनुहोस