२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सीमा क्षेत्रका प्रहरी चौकीको बेहाल

अ+ अ-

काठमाडौं । भारतको सीमावर्ती क्षेत्रमा रहेका प्रहरी चौकी आफैँ समस्याग्रस्त छन् । जनतालाई सुरक्षा प्रदान गर्नुपर्ने दायित्व बोकेको प्रहरी कार्यालयका भौतिक संरचना निकै कमजोर छन् । विद्युत्, खानेपानीको अभाव मात्र होइन, दैनिक जीविकोपार्जनका लागि रासन ल्याउन पनि भारतीय बजार पुग्नुपर्ने बाध्यतामा सीमा क्षेत्रका नेपाल प्रहरी छन् ।

खरले छाएका ससाना घरमा झ्यालढोका छैनन्, न भित्तो नै बलियो छ । मान्छे उभिँदा पनि छानोमा टाउको ठोकिने त्यस्ता घरमा अभियुक्तलाई राख्नै प्रहरीलाई समस्या छ । कमजोर सुरक्षा अवस्थाको फाइदा उठाउँदै केही वर्षअघि सीमा प्रहरी चौकी भैसाही नाकाबाट बलात्कार अभियोगमा पक्राउ परेका एक व्यक्ति दिउँसै हतकडीसहित भागे ।

‘प्रहरीले सकेसम्म शान्ति–सुरक्षाका लागि प्रयास गरेको छ,’ राजपुर–१ सिरियाका ओमप्रकाश पुनले भने, ‘तर, उहाँहरू आफैँ पनि समस्यामा हुनुहुन्छ । स्थानीयले प्रहरी र प्रहरीले स्थानीयलाई सहयोग नगरे जीविकोपार्जन गर्न गाह्रो छ ।’ नजिकै भारतीय एसएसबी सुविधासम्पन्न भौतिक संरचना र आधुनिक हातहतियारले सुसज्जित भएर गस्ती गरिरहँदा नेपाल प्रहरी भने भाडाका कच्ची घरबाट सीमा र स्थानीयको सुरक्षामा खटिनुपर्ने परिस्थिति छ ।

सीमा क्षेत्रमा अहिलेसम्म सञ्चारको सुविधा छैन । नेपाली फोन टावर नराखिएको हुँदा स्थानीयसँगै प्रहरीले पनि भारतीय फोनको प्रयोग गर्नुपर्ने अवस्था छ । भारतीय सिमकार्डको प्रयोग गरेर नेपालमा फोन गर्दा अत्यधिक महँगो पर्ने भएकाले ‘मिसकल’ दिएर सम्पर्क गर्नुपर्ने अवस्था रहेको सिरिया प्रहरी चौकीका प्रमुख असइ गणेश नेपालीले बताए । ‘भारतीय सीमबाट कुरा गर्दा महँगो पर्छ । जिल्लासँग कुरा गर्दा हामी यताबाट पहिले मिसकल दिन्छौँ, उताबाट पूरा कल गर्नुहुन्छ,’ उनले भने । २१ औँ शताब्दीमा प्रहरीसमेतले सञ्चार सुविधा नपाउँदा आकस्मिक सेवा प्रदान गर्न अप्ठ्यारो रहेको नेपालीले बताए ।

भारतीय सिमकार्ड प्रयोग गर्दा गोप्य सूचना चुहिने सम्भावना रहेको सुरक्षाकर्मीहरू बताउँछन् । प्रहरीले त्यस्तो समस्या नरहेको दाबी गरे पनि भारतीय सीम प्रयोग गर्दा भारतीय प्रहरीले चाहेमा सजिलै गोप्य सूचना चुहिने जोखिम रहेको उनीहरूको भनाइ छ । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

0 Comments