सुनसहित युवक पक्राउ « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

सुनसहित युवक पक्राउ


२५ माघ २०७४, बिहिबार


गौशाला । महोत्तरी जिल्लाको बर्दिबासबाट प्रहरीले सुनसहित एक युवकलाई आज पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा धनुषा जिल्लाको यज्ञभूमि–९ बस्ने २७ वर्षीय किरण राई रहेको इलाका प्रहरी कार्यालय बर्दिबासका प्रहरी नायब उपरीक्षक प्रवीण पोखरेलले बताए ।

काठमाडौंबाट आएका युवक राईलाई बर्दिबासको भोला वसन्त चोकमा शंका लागि प्रहरीले जाँच गर्दा उनले लगाएको ज्याकेटको भित्री खल्तीबाट आठ तोला सुन बरामद भएको प्रनाउ पोखरेलले बताए ।

उनले काठमाडौंबाट तस्करी गरी ल्याएको करिब पाँच लाख मूल्यको सो सुन बर्दिबासमै बेच्ने उद्देश्यले आएका बेला प्रहरीले उनलाई पक्राउ गर्न सफल भएको हो ।

सुनसहित पक्राउ परेका युवक राईलाई आवश्यक कारबाहीका लागि क्षेत्रीय राजश्व कार्यालय पथलैया पठाइएको इप्रका बर्दिबासले जनाएको छ । रासस

प्रतिक्रिया दिनुहोस