२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मुख्यमन्त्रीको टुंगो दलको चुनावबाटै : ओलीले गरेनन् सहमतिको प्रयास

अ+ अ-

काठमाडौं । एमाले अध्यक्ष केपी ओलीसहित शीर्ष नेताले मुख्यमन्त्रीको टुंगो चुनावी प्रतिस्पर्धाबाटै हुने प्रस्ट संकेत गरेका छन् । मुख्यमन्त्रीका आकांक्षी संसदीय दलको नेता चुनिनका लागि ‘मतको जोडघटाउ’मा व्यस्त देखिएकै वेला ओलीसहित शीर्ष नेताले अन्तिम टुंगो चुनावी प्रतिस्पर्धाबाटै हुने प्रस्ट संकेत गरेका हुन् । मुख्यमन्त्रीका आकांक्षीहरू सम्बन्धित प्रदेशमै सांसदलाई छुट्टाछुट्टै भेट गर्दै चुनाव जित्ने लबिङमा व्यस्त छन् ।

एमालेले प्रदेश १ र ३ मा दलको नेता चयनका लागि शुक्रबार (भोलि) बैठक डाकेको छ । त्यस्तै, प्रदेश ४ मा संगठन कमिटीले २८ गते बैठक डाकेको छ । तीनवटै प्रदेशमा मुख्यमन्त्रीका आकांक्षी नेताहरूबीच दलको नेतामा कडा प्रतिस्पर्धा छ । अघिल्लो साता बसेको स्थायी समिति बैठकले प्रदेश सभा दलको चुनावका लागि कार्यविधि तय गरेको थियो ।

प्रदेश १ मा सचिव भीम आचार्य र पोलिटब्युरो सदस्य शेरधन राई मुख्य प्रतिस्पर्धीका रूपमा दलको नेता बन्ने अन्तिम कसरतमा छन् । ९३ सिटमध्ये प्रदेश सभामा ५१ सिट जितेको एमालेले संसदीय दलमा केन्द्रीय समीकरणअनुसार आचार्य नेता माधवकुमार नेपाल र राई संस्थापन पक्षबाट उम्मेदवार बन्दै छन् । आचार्यलाई वरिष्ठ नेता झलनाथ खनाल र उपाध्यक्ष वामदेव गौतमको पनि साथ रहेकाले अंकगणितमा अगाडि छन् । तर, प्रदेश सभा दलमा जनजाति सांसदको बाहुल्य रहेको, नेपाल पक्षबाट अर्का आकांक्षी जीवन घिमिरेले पनि दाबी कायम राखेकाले ‘चुनावी जोडघटाउको पासा’ जता पनि पल्टिन सक्ने अवस्था छ ।

प्रदेश ३ मा १ सय १० मध्ये एमालेले ५८ सिट जितेको छ । उपाध्यक्ष अष्टलक्ष्मी शाक्य सर्वसम्मतको एजेन्डालाई पहिलो प्राथमिकता राखेर नेपाल पक्षबाट खडा भएकी छिन् । पोलिटब्युरो सदस्य राजेन्द्र पाण्डे चुनावी प्रतिस्पर्धामा जितको दाबीसहित संस्थापनबाट उम्मेदवार बन्ने अन्तिम गृहकार्यमा छन् । चुनावी अंकगणितमा संस्थापन ८ मतले अघि रहे पनि शाक्य प्रदेश प्रमुख, महिला र उपत्यकाबाट प्रतिनिधित्व गर्ने भएकाले कडा प्रतिस्पर्धा हुने देखिन्छ ।

संस्थापनको बहुमत रहेकाले पाण्डे आधिकारिक उम्मेदवार बन्दा जित सहज देखिन्छ । तर, बुधबार बसेको प्रदेश सचिवालय बैठकमा आकांक्षी सानुकुमार श्रेष्ठले दाबी प्रस्तुत नगर्दा शाक्यलाई चुनावी प्रतिस्पर्धाका लागि थप सहज स्थिति बनेको छ । ‘अध्यक्षसहित शीर्ष नेताहरूलाई सकभर सर्वसम्मत चुनिँदा सकारात्मक सन्देश जाने ध्यानाकर्षण गराइएकाले अझै कोसिस हुन्छ,’ पोलिटब्युरो सदस्य अरुण नेपालले भने, ‘कोसिस सफल भएन भने मात्र शुक्रबार (भोलि) दलको नेता निर्वाचनबाटै चुन्ने गरी बैठक बोलाएका छौँ ।’

प्रदेश ४ को ६० मध्ये एमालेको २७ सिट छ । मुख्यमन्त्रीका लागि दलको नेतामा सचिव पृथ्वी सुब्बा गुरुङ र स्थायी समिति सदस्य किरण गुरुङको दाबी रहेको छ । दुवै अहिलेसम्म संस्थापनमै रहेकाले प्रतिस्पर्धा पेचिलो छ । नेपाल पक्ष लगभग शून्यकै अवस्थामा रहेकाले संस्थापनभित्र प्रभावशाली मानिने पोलिटब्युरो सदस्य खगराज अधिकारीले दुईमध्ये जसलाई समर्थन ग¥यो उसैले चुनाव जित्ने सम्भावना बढ्दै गएको स्रोतले जनाएको छ । अधिकारीनिकट ६ देखि ८ सांसद छन् । यद्यपि, दाबेदार दुवै नेताले जितको दाबी गर्दै आएका छन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

0 Comments