२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रदेश नं २ का प्रमुख सचिवको पदभार ग्रहण

अ+ अ-

जनकपुरधाम । प्रदेश नं २ का प्रमुख सचिव राजेश्वरमान सिंहले यो प्रदेशमा पर्यटन, कृषि र उद्योग प्रवद्र्धनको सम्भावना अधिक भएको बताएका छन् ।

उनले जनकपुरधाममा आज पदभार ग्रहण गर्दै प्रदेशमा विद्यमान विकासका सम्भावनालाई कार्यरूप दिनमा सबैको अग्रसरतामाथि जोड दिए ।

प्रदेश नं. २ को समृद्धि र विकासका लागि एकजुट भई सहकार्य गर्नुपर्ने धारणा समेत राखे । प्रदेश नं २ मा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, आन्तरिक मामिला तथा कानून मन्त्रालय, आर्थिक मामिला तथा योजना मन्त्रालय, सामाजिक विकास मन्त्रालय, भौतिक पूर्वाधार विकास मन्त्रालय, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय र भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय रहने बताइएको छ ।

सोमध्ये मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय ,आन्तरिक मामिला तथा कानून मन्त्रालय र आर्थिक मामिला तथा योजना मन्त्रालय जनकपुर चुरोट कारखाना परिषरमा राख्ने जनाइएको छ ।

त्यस्तै जिल्ला जनस्वास्थ्य कार्यालय भवनमा समाजिक विकास मन्त्रालय, महिला तथा बालबालिका कार्यालय भवनमा उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय, खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय भवनमा भौतिक पूर्वाधार विकास मन्त्रालयलाई व्यवस्थापन गर्ने बताइएको छ ।

प्रदेश प्रमुखको कार्यकक्ष शहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालय भवनमा व्यवस्थापन गरिएको छ ।

त्यस्तै मुख्यमन्त्री र मन्त्रीहरूको आवास जनकपुर चुरोट कारखाना परिषरका भवनमा व्यवस्थापन गरिने छ । मन्त्रालय र आवास रहने भवनको मर्मत सम्भार युद्धस्तरमा भइरहेको बताइएको छ । रासस

0 Comments