प्रदेशसभा सचिवालयको प्रमुखमा प्रशासन सेवाका सहसचिव पठाउने सरकारको निर्णय « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

प्रदेशसभा सचिवालयको प्रमुखमा प्रशासन सेवाका सहसचिव पठाउने सरकारको निर्णय


२४ माघ २०७४, बुधबार


काठमाडौं । सरकारले प्रदेशसभा सचिवालयको प्रमुखमा प्रशासन तर्फको सहसचिव पठाउने निर्णय गरेको छ ।

मंगलबारको मन्त्रिपरिषदको निर्णयअनुशार यसअघि संसद सेवाकै कर्मचारीले संचालन गर्दै आएको संसद सचिवालय अर्को निर्णय नभएसम्मका लागि प्रशासन सेवाका सहसचिवको नेतृत्वमा पठाउने निर्णय गरेको हो ।

सामान्य प्रशासन मन्त्रालयका सहसचिव तथा प्रवक्ता शिवराम न्यौपानेका अनुशार हाल संसद सेवाका कर्मचारीले नेतृत्व लिँदै आएको प्रदेश सभा सचिवालयको सचिव पदमा प्रशासनको सहसचिव पठाउने सरकारको निर्णय अनुशार एक दुइ दिन भित्रैमा खटाइदै छ ।

तत्काल प्रदेशसभा संचालनका लागि १५ दिनका लागि केन्द्रबाट खटिएका संसदसेवाका कर्मचारी केन्द्रमा नै अपुग हुने भएपछि फिर्ता हुने र प्रदेशसभा संचालनका लागि प्रशासन सेवाबाट कर्मचारी खटाइएको बुझिन आएको छ ।

को को जाँदैछन् त प्रदेशसभा प्रमुखमा ?

प्रदेशसभा संचालनका लागि पठाउन लागिएका सहसचिवहरु पुरानै मापदण्ड अनुशार कार्यक्षमताको आधारमा हुने बढुवाको क्रममा बाँकी रहेका (१५ देखि २० नम्बरसम्म) कर्मचारीलाई पठाइदै छ ।

स्रोतका अनुशार एक नम्बर प्रदेशदेखि ७ नम्बरसम्म क्रमशः केदार पनेरु, दिवाकर पौडेल, भरतकुमार बुढाथोकी, मानबहादुर बि.क. सम्भुबहादुर खड्का,राजेश पौडेल र बालाराम शर्मा रहेका छन् । प्रदेशसभा सचिवालयमा पठाइका सहसचिवहरुले सम्भवतः आजै चिठि बुझ्ने सम्भावना रहेको बुझिन आएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस