विधान विपरित काम नगर्ने भन्दै रौनियारले मागे माफी « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

विधान विपरित काम नगर्ने भन्दै रौनियारले मागे माफी


२३ माघ २०७४, मंगलबार


काठमाडौं । नेपाल विद्यार्थी संघका सहमहामन्त्री राजेश रौनीयारले आफ्नो पछिल्लो गतिविधिका कारण संगठनलाई पर्न गएको असरप्रति क्षेमा याचना गरेका छन् । उनले एक विज्ञप्ति जारी गर्दै आफ्ना गतिविधिले संगठनमा आच पुगेकाले आत्मआलोचना सहित क्षेमा मागेका छन् ।

रौनियारले अबदेखि संगठनको विधि–विधानको पूर्ण पालना गर्ने बताएका छन् । उनले संगठनको मर्मविपरित काम नगर्ने भन्दै माफि मागेपछि नेविसंघले उनलाई माफी दिने निर्णय गरेको स्रोतले बताएको छ ।

रौनियारले अनुशासन उल्लघन गरेपछि विद्यान अनुसार अध्यक्ष नैनसिंह महरले गठन गरेको सहमहामन्त्री अम्बिका चलाउने संयोजक रहेको अनुशासन समितिले रौनियारलाई स्पष्टीकरण सहित कारवाही प्रकृया अगाडी बढाएको थियो ।

लामो समयदेखि संगठन भित्र बढ्दै गएको मनमुटाव पछिल्ला दिनमा कम हुदै गइरहेकाले १२ औं महाधिवेशनको तयारीमा सबै जुट्ने वातावर्ण सिर्जना भइरहेको सहमहामन्त्री अम्विका चलाउनेले बताइन् ।

प्रतिक्रिया दिनुहोस