२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

निर्वाचनको सम्पूर्ण परिणाम ५ फागुनसम्म

अ+ अ-

यस्तो छ आयोगको आन्तरिक कार्यतालिका

२४ माघ : राष्ट्रिय सभा निर्वाचन
२६ माघ : राष्ट्रिय सभाको अन्तिम परिणाम
२९ माघ : प्रतिनिधिसभाको अन्तिम सूची बुझ्ने
२ फागुन : संशोधित सूची बुझाउने अन्तिम समयसीमा
५ फागुन : राष्ट्रपतिसमक्ष प्रतिवेदन बुझाउने (नोट : ढिलोमा)

निर्वाचन आयोगले ५ फागुनभित्र प्रतिनिधिसभाको निर्वाचन परिणाम राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष बुझाउने गरी समानुपातिक निर्वाचनसम्बन्धी निर्देशिका संशोधन गरेको छ । प्रतिनिधिसभा समानुपातिक उम्मेदवारको अन्तिम सूची माग्ने र संशोधनका लागि दिइने समयसीमा आधा घटाएर ५ फागुनभित्रै परिणाम सार्वजनिक गर्ने गरी आयोगले निर्देशिका संशोधन गरेको हो ।

राष्ट्रिय सभा निर्वाचन नभएसम्म प्रतिनिधिसभा निर्वाचनको अन्तिम परिणाम सार्वजनिक गर्न नमिल्ने संवैधानिक व्यवस्था देखाएर आयोगले नियोजित रूपमा ढिलाइ गर्दै आएको वाम गठबन्धनले आरोप लगाउँदै आएको थियो । तर, ढिलाइको आरोप खण्डन हुने गरी आयोगले आधा समय छोट्याएको छ ।

‘संशोधित निर्देशिकाअनुसार प्रतिनिधिसभा समानुपातिक निर्वाचन परिणाम सार्वजनिक गर्ने समयसीमा १० दिनबाट घटाएर पाँच दिनमा झारिएको छ,’ आयोगका प्रवक्ता नवराज ढकालले नयाँ पत्रिकासँग भने, ‘फागुन ५ भित्रै परिणाम प्रतिवेदन राष्ट्रपतिसमक्ष बुझाउने गरी आयोगले तयारीको काम अघि बढाउनेछ ।’ उनका अनुसार आयोगको बैठकले समयसीमा घटाउन समानुपातिक निर्वाचन निर्देशिकाको दफा ३४ र ३५ को प्रावधान संशोधन गरेको छ ।

संशोधित निर्देशिकाअनुसार आयोगले प्रतिनिधिसभा समानुपातिक विजयी उम्मेदवारको नाम प्रस्तावित गर्न दलहरूलाई दिइने समयसीमा सात दिनबाट घटाएर तीन दिनमा झारेको छ । यसअनुसार २६ माघभित्र राष्ट्रियसभा निर्वाचनको अन्तिम परिणाम सार्वजनिक गरी दलहरूलाई उम्मेदवारको सूची पत्राचार गर्ने र २९ माघभित्र सूची बुझिसक्ने आयोगको कार्यतालिका छ ।

त्यस्तै, सूची सच्याउन दुई दिनको समयसीमा दिएर १ फागुनभित्र अन्तिम नाम सार्वजनिक गरी ५ गतेअगावै प्रतिवेदन राष्ट्रपतिसमक्ष बुझाउने आयोगले कार्यतालिका बनाएको छ । निर्वाचन आयोगका अनुसार प्रतिनिधिसभाको अन्तिम नतिजा ५ फागुनभित्र दिने तयारी छ । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

0 Comments