२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

एक्काइसौँ शताब्दीको विद्यालय

अ+ अ-

काठमाडौं । टिनको टहरा, ह्वांगै कोठा । चिसो ढुंगामा बसेर ससाना नानीहरू कापीमा आफ्नो भविष्य कोर्दै छन् । शिक्षाका नाममा वर्षमा सवा खर्ब खर्च गर्ने देशका बालबालिकाको यो नियति देख्ने जोकोहीलाई पनि आश्चर्य लाग्छ ।

सिन्धुलीको घ्याङलेक गाउँपालिका–५ बगरटोलस्थित माटोखानी बालज्योति प्राथमिक विद्यालयमा पाँचदेखि ९ वर्षका ३३ बालबालिका अध्ययनरत छन् । पुस–माघको चिसोमा पनि उनीहरू बगरको ढुंगामा बसेर पढ्न विवश छन् । यहाँ पढ्ने अधिकांश बालबालिका दलित समुदायका छन ।

३५ घरधुरी रहेको दलित बस्तिका बालबालिका खुल्ला बगरको ढुंगामाथि बसेर पढ्दै आएको पनि ७ बर्ष बितेको शिक्षिका बर्षा विकले बताईन् । ‘हाम्रो यो बस्ती रहेको बगरटोल नजिकै अरु विद्यालय छैन र नजिकैको विद्यालय पुग्न एक घण्टा लाग्छ । साना बालबालिका हिड्न नसक्ने भएकाले गाउँमै टहरा बनाएर माटोखानी बालज्योती विद्यालय स्थापना गरेका हौँ,’ उनले भनिन् ।

अभिभावक रुपेश विकका अनुसार साविकको गाविस हुँदा विद्यालयको लागि वार्षिक ४० हजार छुट्याइएको थियो । सोही रकमले शिक्षकलाई तलब खुवाउने र विद्यालयको लागि टिन र अन्य शैक्षिक सामग्री किनेको उनले बताए । ‘यसरी पढ्दै आएका बालबालिकाका लागि न त जिल्ला शिक्षाले नै देख्यो न त अन्य सरोकारवाला निकायले नै ?’ उनले भने । टहरो माथि घोप्ट्याएको टिन बतासले उडाएर बच्चाहरु घाइते हुन्छन् कि भन्ने निकै डर हुने उनको भनाई छ ।

विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष संसरसिं घिसिङले यसअघि जिल्ला शिक्षा कार्यालयबाट केही सहयोग आएको भए पनि बालबालिका घटेकाले सहयोग गर्न छाडेको बताए । राहत पाएको दुई बण्डल टिनले अलिअलि बेरेर जसोतसो विद्यालय चलाईरहेको उनको भनाइ छ । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

0 Comments