२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

चालू आर्थिक वर्षको ६ महिनामा बैंकहरुको लगानी १९ खर्ब ११ अर्ब

अ+ अ-

काठमाडौं । चालू आर्थिक वर्षको पहिलो ६ महिनामा बैंकिङ क्षेत्रको लगानी करिब २१ प्रतिशत बढेर १९ खर्ब ११ अर्ब ८५ लाख रुपैयाँ पुगेको छ । बैंकहरूले पुँजी वृद्धि योजनासहित आक्रमक रूपमा लगानी बढाएका छन् । गत वर्ष पुसदेखि यो पुससम्मको एक वर्षमा भने बैंकहरूले तीन खर्ब २९ अर्ब ८३ करोड लगानी बढाएका छन् । गत आवको यो अवधिमा बढेको लगानी मर्जरका कारण र चालू आवको लगानी व्यवसाय वृद्धिका कारण भएको बैंकर्सको भनाइ छ ।

‘एक वर्षको अवधिमा लगानी राम्रो बढेको छ’, सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत भुवन दाहालले भने, ‘सबै क्षेत्रबाट अत्यधिक माग आएकाले यस्तो भएको हो । नेपाल जस्तो देशमा निक्षेप संकलनको तुलनामा लगानी बढ्नु स्वभाविक हो ।’ अझ स्थानीय सरकार बन्यो भने अहिले हुँदै आएको निक्षेप संकलनले नभ्याउने उनको ठम्याइ छ । गत वर्ष पुससम्म वाणिज्य बैंकहरूले विभिन्न क्षेत्रमा गरी १५ खर्ब ८२ अर्ब चार करोड रुपैयाँ लगानी गरेका थिए । गत वर्षको अन्त्य अर्थात् असार मसान्तसम्म बैंकले १७ खर्ब २३ अर्ब ४२ करोड लगानी गरेका थिए । हाल भएको लगानी असार मसान्तको तुलनामा एक खर्ब ८८ अर्ब ४५ करोड बढी हो ।

बैंकको लगानी ठूलो मात्रामा बढे पनि निक्षेप संकलन १६ प्रतिशत मात्र वृद्धि हुन सकेको छ । गत वर्षको पुससम्म बैंकले १९ खर्ब १३ अर्ब २६ करोड रुपैयाँ निक्षेप संकलन गरेका थिए । यो पुसमा बैंकको निक्षेप संकलन लगानीको अनुपातमा न्यून भई २२ खर्ब १४ अर्ब ५१ करोड पुगेको छ ।

निक्षेप संकलनको तुलनामा लगानीमा वृद्धि हुँदा अहिले बैंक लगानीयोग्य पुँजीको अभावमा छट्पटाइ रहेका छन् । बैंकहरूको चालू आवको पुससम्मको वित्तीय विवरणअनुसार २८ वटा वाणिज्य बैंकमध्ये सबैभन्दा बढी लगानी नेपाल इन्भेस्टमेन्ट बैंकले गरेको छ ।

यो बैंकले एक वर्षको अवधिमा करिब साढे १७ प्रतिशतले लगानी बढाएको छ। हालसम्म यो बैंकले एक खर्ब १३ अर्ब ६७ करोड लगानी गरेको छ । गत वर्षको पुससम्म यो बैंकको लगानी ९६ अर्बमात्र थियो । बढी लगानी गर्ने बैंकको दोस्रो स्थानमा राष्ट्रिय वाणिज्य बैंकको छ ।

बैंकले यस अवधिसम्म १७.८४ प्रतिशतले लगानी वृद्धि गरेर एक खर्ब १० अर्ब ६५ करोड पुर्‍याएको छ । गत आवको यही अवधिसम्म बैंकको लगानी ९३ अर्ब ९० करोड ६० लाख थियो। एनआईसी एसियाले गत वर्षको तुलनामा करिब ५४ प्रतिशतले लगानी बढाएर एक खर्ब दुई अर्ब २० करोड पुगेको छ । आजको अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ ।

0 Comments