२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

राष्ट्रपतिमा दोहोरिने भण्डारीको इच्छा

अ+ अ-

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले पार्टी एकताको ‘घनीभूत’ छलफलमा रहेका एमाले अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग ‘लन्च मिटिङ’ गरेकी छन् ।

शनिबार दिउँसो उनले दुवै अध्यक्षलाई शीतलनिवास बोलाई झन्डै पाँच घण्टा लामो भेट गरेकी हुन् । दुई अध्यक्षसँग राष्ट्रपतिको भेटबारे राष्ट्रपतिका प्रमुख स्वकीयसचिव डा।भेषराज अधिकारीले पुष्टि गरे पनि कुराकानीको एजेन्डाका विषयमा भने अनभिज्ञता व्यक्त गरे।

‘उहाँहरू (ओली–दाहाल) सँग राष्ट्रपतिज्यूको शनिबार शीतलनिवासमै भेटघाट भएको हो,’ डा. अधिकारीले भने, ‘अनौपचारिक भेटघाट भएकोले त्यहाँ हाम्रो सहभागिता रहने कुरा भएन, कुराकानी के भए त्यो पनि जानकारी हुने कुरा भएन ।’

तर, माओवादी केन्द्रका अध्यक्ष दाहालनिकट स्रोतका अनुसार, राष्ट्रपतिले दुई अध्यक्षलाई आमन्त्रण गरी गरेको लन्च छलफलमा उनले दुई कम्युनिस्ट पार्टीको एकता प्रक्रियादेखि नयाँ राष्ट्रपति चयनसम्मका विषयमा जिज्ञासा राखेकी थिइन् ।

अनौपचारिक कुराकानीमा अत्यन्त खुलेरै तीन नेताबीच कुराकानी भएको शीतलनिवास स्रोतले पनि बतायो । उक्त छलफलमा राष्ट्रपति भण्डारीले राष्ट्रपतिमा पुनः दोहोरिने इच्छा प्रकट गरेकी थिइन् । ‘आम जनमत एमाले–माओवादीबीच एकताकै पक्षमा छ, तपाईंहरूले पार्टी एकता गर्नुहोस्’, राष्ट्रपति भण्डारीको भनाइ उद्धृत गर्दै शीतलनिवास स्रोतले भन्यो, ‘नयाँ राष्ट्रपति/उपराष्ट्रपति चुनावका सन्र्दभमा पनि दुई पार्टीभित्रैबाट आउने भएकाले एक कार्यकाल हामीलाई नै अवसर दिनुहोस् ।’

आफूहरू (भण्डारी र नन्दबहादुर पुन) ले लामो समय कार्यकाल सम्हाल्न नपाएको तर्क राख्दै भण्डारीले नयाँ राष्ट्रपति/उपराष्ट्रपति चयन गर्दा राष्ट्रलाई पर्न आउने व्ययभार, आफूहरूको अनुभव, पार्टीदेखि राष्ट्रको परिवर्तनका पक्षमा गरेको योगदानलगायत सम्मानका लागि भए पनि दोहोर्‍याउन आग्रह गरेकी थिइन् । आजको अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ ।

0 Comments