२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

टक्क रोकियो भविष्य यात्रा

अ+ अ-

काठमाडौं । मनु ब्राजाकीको एउटा असरदार कथा छ, ‘अन्नपूर्णाको भोज’ । त्यस कथामा किशोर नेपाल, विमल निभा, ज्ञानुवाकर पौडेल, सन्तोष भट्टराईहरू सँगै भोज खाइरहेका छन् । भोजमा प्रजातन्त्र, माक्र्सवाद, युरो कम्युनिजम, नयाँ जनवादजस्ता ठूला विषयमा व्याख्या चल्छ । तर किशोर, विमल, ज्ञानुवाकरहरूलाई माछाको झोल खुवाउने अन्नपूर्णाचाहिँ भोकै छे । अन्नपूर्णा जुठा भाँडामध्ये पिर्कामा बसेर रिकापीबाट एक मुठी फुको चिउरा निबुवाको पुरानो अचारसँग बुक्याउँछे । ऊ मुखको स्वाद फेर्न माछा पकाएको कराहीको बिटमा जमेको फिँज चाट्छे । अन्त्यमा कथाकारको प्रश्न छ, ‘के स्वास्नीहरूको मत सुरक्षित छ ?’

भर्खर जारी भएको नेपालको संविधानमा अन्नपूर्णाहरूको मत कति सुरक्षित भयो, त्यसको राम्ररी भेउ नपाउँदै ती मास्टर पिस आख्यानकार, क्वालिटी गजल लेख्ने मनु ब्राजाकीको कलम शुक्रबार बिहानदेखि रोकिएको छ । ७५ वर्षको उमेरमा उनले संसार त्यागे । मस्तिष्काघातका कारण केही समयदेखि उपचाररत ब्राजाकीको पाटन अस्पतालमा उपचार भइरहेको थियो ।

ब्राजाकीका कथाका पात्र किशोर नेपाललाई अहिले पाइन्ट र कमिज लगाएको, झोला बोकेको मनु ब्राजाकीको सम्झना आइरहेको छ । भन्छन्, ‘मनु मेरो नजिक आएर मलाई सोधिरहेको छ– किशोर तँ के गर्दै छस् ?’

ब्रान्डेड कथाकारको कथामा पात्र बनेको सन्दर्भलाई किशोर सम्झन्छन्, ‘मनुले भनेको थियो, ‘म कथामा तेरोबारे पनि लेख्छु ।’

किशोर भन्छन्, ‘मनु इन्टेलिजेन्ट कथाकार हुन् । सादत हसन मन्टोका कथाबाट उनी प्रभावित थिए । पीडा र वेदनालाई लेख्ने उनको आफ्नै कथा–शैली थियो । कथाको संरचनामा अराजकता पनि मिसिएको थियो । म पत्रिकाको सम्पादक भएको बेला आउँथ्यो, पैसा दिन्थेँ । ऊ मलाई भेट्न आइरहेको हुन्थ्यो ।’

दुईपटक ब्रेन स्ट्रोक हुँदा पनि उनको कलम रोकिएको थिएन । काठमाडौं सैंबुस्थित निवासमा छोरीसँगै बसेर उनी निरन्तर साहित्य साधनामा थिए । ‘तिम्री स्वास्नी र म’, ‘मार्‍यो च्याङ्बा मार्‍यो असिनामा पार्‍यो’, ‘अन्नपूर्णाको भोज’, ‘पारदर्शी मान्छे’लगायत कथा लेखेर आधुनिक नेपाली कथामा व्यंग्य र मनोविज्ञानको बेग्लै धरहरा खडा गरेका थिए ब्राजाकीले ।

उनका ‘अवमूल्यन’ (२०३८), ‘आकाशको फल’ (२०५२), ‘तिम्री स्वास्नी र म’ (२०४६), भविष्ययात्रा (२०५२), ‘पारदर्शी मान्छे’ (२०६०), ‘मनु ब्राजाकीका कथाहरू’ (२०७०), ‘अन्नपूर्णाको भोज’, (२०७०) कथासंग्रह प्रकाशित छन् । कथासंग्रह ‘तिम्री स्वास्नी र म’ले ०४६ को साझा पुरस्कार प्राप्त गरेको थियो । ‘काँडाका फूलहरू’ र ‘गजलगंगा’ गजलकृति लेखेका उनलाई नेपाली गजलको पुनरुत्थानमा विशेष सम्झना गरिन्छ । आजको अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ ।

0 Comments