२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

दिल्लीनीति : विदेशमन्त्रीको सदभाव, अर्थमन्त्रीको दबाब

अ+ अ-

काठमाडौं । भारतीय विदेशमन्त्री सुष्मा स्वराजले नेपालमा बन्ने नयाँ सरकारसँग भारतनिकट रहेर काम गर्न आतुर रहेको सन्देश दिएकी छिन् । प्रधानमन्त्री नरेन्द्र मोदीको विशेष दूतका रूपमा बिहीबार काठमाडौं ओर्लिएलगत्तै ‘भावी प्रधानमन्त्री’का रूपमा हेरिएका एमाले अध्यक्ष केपी ओलीसँग ‘वन अन वन’ पहिलो भेटवार्ता गर्दै स्वराजले यस्तो सन्देश सुनाएकी हुन् ।

तीन साताकै बीचमा ओलीको नेतृत्वमा वाम गठबन्धनको सरकार बन्ने सम्भावना देखिएका वेला नयाँ सरकारसँग सहकार्य गर्न भारत इच्छुक रहेको उनको सन्देश थियो । विमानस्थलबाट ओलीसहित एमाले नेतृत्वसँगको भेटवार्ताका लागि सीधै होटेल सोल्टी क्राउन प्लाजा पुगेकी स्वराजले प्रदेश र प्रतिनिधिसभामा गठबन्धनले बहुमत जनसमर्थन प्राप्त गरेर दुवैतिर सरकार बनाउन लागेकोमा बधाईसमेत दिइन् ।

‘मेरोतर्फबाट मात्रै होइन, मेरो दल र भारत सरकारका तर्फबाट प्रदेश र प्रतिनिधिसभाको निर्वाचनमा प्राप्त गर्नुभएको बहुमत जनसमर्थनप्रति तपाईंहरूलाई धेरै–धेरै बधाई छ,’ स्वराजको भनाइ उद्धृत गर्दै एमाले नेता डा। राजन भट्टराईले भने, ‘प्रधानमन्त्री नरेन्द्र मोदीजीले त टेलिफोन गरेरै बधाई भनिसक्नुभएको छ, तर पनि उहाँले मलाई मेरैतर्फबाट बधाई दिनुहोस् भन्दै सन्देश पठाउनुभएको छ, केन्द्र र प्रदेशमा प्राप्त गर्नुभएको जनसमर्थनप्रति भोलिको कामका लागि तपाईंहरूलाई थप शुभकामना छ ।’ स्वराजको अभिव्यक्तिलाई नयाँ सरकारसँग भारत सुमधुर सम्बन्धका साथ अघि बढ्न चाहिरहेको कूटनीतिक सन्देशका रूपमा लिइएको छ ।

भेटवार्तामा विदेशमन्त्री स्वराजले नेपालको विकास र समृद्धिका लागि सहयोग गर्ने प्रतिबद्धता जनाएकी थिइन् । जवाफमा ओलीले नेपालको लोकतान्त्रिक प्रक्रियामा भारतको सहयोग र सद्भाव रहेको भन्दै नेपालको समृद्धिका लागि भारतसँग सहकार्य र घनिष्ट सम्बन्धका साथ अघि बढ्न तयार रहेको बताएका थिए । भारतीय वायुसेनाको विशेष विमानमार्फत अपराह्न साढे ३ बजे काठमाडौं ओर्लिएलगत्तै स्वराजले एमाले अध्यक्ष ओलीसँग पहिलो ‘वन टु वन’ भेटवार्ता गरेकी थिइन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

0 Comments