नेपाली सेना ऐतिहासिक हात हतियार र फोटो प्रदर्शनी गर्ने « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

नेपाली सेना ऐतिहासिक हात हतियार र फोटो प्रदर्शनी गर्ने


१८ माघ २०७४, बिहिबार


काठमाडौं । नेपाली सेना ‘महाशिवरात्री तथा सेना दिवस २०७४’ को अवसरमा माघ २५ देखि २७ गतेसम्म सैनिक मुख्यालयमा फोटो प्रदर्शनी गर्ने भएको छ ।

नेपाली सेनाको ‘इतिहासदेखि वर्तमानसम्म’ आधारित रहेर आयोजना हुने उक्त कार्यक्रममा सेनाको ऐतिहासिक हतियार, उपकरण, पोशाकलगायत विविध प्रदर्शनी हुने सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जानकारी दिएको छ ।

सेनाले पहिलो पटक आयोजना गर्न लागेको उक्त बृहत प्रदर्शनीमा सर्वसाधारणको लागि प्रवेश निःशुल्क गरिएको प्रवक्ता गोकुल भण्डारीले जानकारी दिए । नागरिक र सैनिकको सम्बन्ध सुदृढ एवं प्रगाढ तुल्याउन प्रदर्शनीबाट योगदान पुग्नुका साथै सर्वसाधारणका लागि रोचक र ज्ञानवद्र्धक हुने अपेक्षा लिइएको नेपाली सेनाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस