प्रधानमन्त्री देउवाद्वारा पार्टीमा एकजुट भएर लाग्न निर्देशन « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

प्रधानमन्त्री देउवाद्वारा पार्टीमा एकजुट भएर लाग्न निर्देशन


१७ माघ २०७४, बुधबार


काठमाडौं । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका नेता कार्यकर्तालाई एकजुट भएर अघि बढ्न निर्देशन दिएका छन् ।

आज कांग्रेस जिल्ला कार्यसमिति धनकुटाका पदाधिकारी एवं सदस्यसँगको भेटमा उनले पार्टी कमजोर भएको अवस्थामा पार्टीलाई सहयोग गरी सशक्त बनाउन लाग्नुपर्ने बताए ।

धनकुटालाई प्रदेशको अस्थायी केन्द्र नतोकिएकोमा असन्तुष्ट भई धनकुटा कांग्रेसका पदाधिकारी र सदस्यले आफ्नो पदबाट राजीनामा दिएका थिए । प्रधानमन्त्री देउवाले यस अवस्थामा पद त्याग्नु नहुने भन्दै पदमा नै रहेर पार्टी र धनकुटाको पक्षमा काम गर्नका लागि राजीनामा फिर्ता लिन आग्रह गरे ।

‘राजीनामा दिएर होइन, अब सबै मिलेर पार्टीलाई पहिले जस्तै ठूलो र लोकप्रिय बनाउनुपर्छ,’ उनले भने । राजनीतिक सहमति कायम गर्न धनकुटालाई प्रदेश प्रमुखको मुकाम नतोकी अन्यन्त्र तोक्नु परेकोमा आफूलाई दुःख लागेको प्रधानमन्त्रीले बताउनुभएको धनकुटा कांग्रेसका सचिव विजय सन्तोषी राईले जानकारी दिए ।

भेटमा धनकुटा कांग्रेसका सभापति अग्निप्रसाद पौडेल, निर्वतमान सभापति मनोहरनारायण श्रेष्ठ, नेपाल निजामती कर्मचारी यूनियन धनकुटाका पूर्वअध्यक्ष टंक दवाडीलगायतले धनकुटालाई प्रदेशको स्थायी राजधानी बनाउन पार्टीले पहल गर्नुपर्नेमा जोड दिएका थिए । रासस

Tags :
प्रतिक्रिया दिनुहोस