सर्वोच्चको मुख्य रजिस्ट्रारमा भट्टराई सिफारिश « प्रशासन
Logo ४ बैशाख २०८१, मंगलबार
   

सर्वोच्चको मुख्य रजिस्ट्रारमा भट्टराई सिफारिश


१७ माघ २०७४, बुधबार


काठमाडौं । सर्वोच्च अदालतको मुख्य रजिष्ट्रारमा राजन भट्टराई सिफारिश भएका छन् । आज बसेको न्याय परिषद्को बैठकले मुख्य रजिष्ट्रारमा भट्टराईलाई सिफारिस गरेको हो।

रजिष्ट्रार नहकुल सुवेदी उच्च अदालतको न्यायाधीश नियुक्त भएपछि उक्त पद खाली रहदै आएको थियो ।

बैठकले न्यायपरिषद्को खाली रहेको पदमा नृपध्वज निरौलालाई ल्याउन सिफारिश गरिएको छ । निरौला बेपत्ता छानबिन आयोगमा थिए । बेपत्ता छानबिन आयोगमा सहन्यायाधिवक्ता कृष्णजीवी घिमिरेलाई बढुवासहित सिफारिश गरिएको छ ।

प्रतिक्रिया दिनुहोस