प्रधानन्यायाधीशको नागरिकता प्रतिलिपि माग « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

प्रधानन्यायाधीशको नागरिकता प्रतिलिपि माग


१७ माघ २०७४, बुधबार


काठमाडौं । प्रधानन्यायाधीस गोपालप्रसाद पराजुलीको नागरिकताको प्रतिलिपि माग गर्दै डा. गोविन्द केसीले जिल्ला प्रशासन कार्यालय काठमाडौंमा निवेदन दिएका छन् ।

आधिकारिक सूचना पाउने हक नेपालीलाई रहेको भन्दै निवेदन दर्ता गरिएको उनका सहयोगीहरूले बताएका छन् । पराजुलीको सक्कली नागरिकता र प्रतिलिपीमा जन्ममिति फरक–फरक जारी भएको पाइएका कारण यथार्थ जानकारी पाउने हक नेपालीलाई रहेको भन्दै निवेदन दिइएको डा. केसीका समर्थक अधिवक्त ओमप्रकाश अर्यालले बताए ।

वरिष्ठ अधिवक्ता डा. सुरेन्द्र भण्डारी, डा. अभिषेक राज सिंह, अधिवक्ता ओमप्रकाश अर्याल लगायतले डाक्टर केसीसँगै पराजुलीको नागरिकताको प्रतिलिपि माग गर्दै निवेदन दिएका छन् ।

हेर्नुस् यस्तो छ उनीहरूले दिएको निवेदनको पूर्ण पाठ

 

प्रतिक्रिया दिनुहोस