आजबाट सकियो स्वस्थानी व्रत « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

आजबाट सकियो स्वस्थानी व्रत


१७ माघ २०७४, बुधबार


काठमाडौं । पौष शुक्ल पूर्णिमादेखि सुरु भएको स्वस्थानी व्रत आजबाट समापन हुँदैछ।

एक महिना स्वस्थानी व्रत र माघ स्नान गर्ने धार्मिक परम्परा छ। पौष शुक्ल चतुर्दशीको दिन हात गोडाका नङ काटी स्नान गरी शुद्ध वस्त्र पहिरिएर यसको सुरुवात हुन्छ। त्यसपछि हरेक बेलुकी स्कन्द पुराणको केदार खण्डअन्तर्गत माघ माहात्म्यको कुमार अगस्त्यबीच संवाद भएको स्वस्थानी व्रत कथा सुन्ने सुनाउने परम्परा छ।

एक महिनासम्म यो विधिबाट व्रत गरी माघ शुक्ल पूर्णिमाका दिन १०८ जनै, १०८ सुपारी, १०८ पान, १०८ फूल, १०८ रोटी, १०८ अक्षता विभिन्न फलफूल, धूप, बत्ती, नैवेद्य, श्रीखण्ड, रक्तचन्दन, सिन्दूर, वस्त्र, भेटी चढाई व्रतको कामना पूर्ण होस् भनी भगवतीलाई अर्घ्य दिइन्छ।

सत्ययुगमा हिमालयकी पुत्री पार्वतीले महादेव स्वामी पाउनाका लागि विष्णुको सल्लाहनुसार निराहार रहेर स्वस्थानीको व्रत गर्दा आफ्नो मनोकांक्षा पूर्ण भएको विश्वासका साथ परम्परागत रूपमा स्वस्थानी व्रतकथा श्रमण गर्ने र पूजाआजा गर्ने चलन छ ।

यसवर्ष स्वस्थानी व्रत कथाको सांगेको दिन खग्रास चन्द्र ग्रहण लागेकाले बिहान ८ बजेर ५५ मिनेटअघि नै व्रत समाप्त गर्नुपर्ने नेपाल पञ्चांग निर्णायक समितिले जनाएको छ ।

८ बजेर ५५ मिनेटपछि ग्रहणको सुतक लाग्ने भएकाले त्यसअघि नै स्वस्थानी व्रत उद्यापन गर्नुपर्ने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस