२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सहिदको नाममा पार्क खेती : २७ करोड सकियो, देखिँदैन उपलब्धि

अ+ अ-

काठमाडौं । गोकर्ण यज्ञडोल डाँडामा ६ सय ५० रोपनी सामुदायिक वनमा ‘राष्ट्रिय सहिद तथा निजामती पार्क’ बनाउन २०६८ सालमा शिलान्यास भएको थियो । शिलान्यासपछि ६ वर्ष बित्दा त्यस डाँडामा २७ करोड ३२ लाख ८१ हजार रुपैयाँ सकिएको छ । सहिदका नामको पार्कमा संग्रहालय, पिरामिड, मूर्तिस्थल, पिकनिक क्षेत्र, शान्तिस्तूप, चैत्य, सार्वजनिक शौचालय, बगैंचा, पैदल मार्गलगायत बनाउने योजना कागजमै सीमित छ ।

संग्रहालयको नाममा बनेको भवन जीर्ण भइसकेको छ । बगैंचाको नाममा फूल, बोटबिरुवा केही पनि रोपिएको छैन । भ्युटावरको नाममा केही फलाम ठड्याएर छाडिएको छ । बनाउँदाबनाउँदै छाडिएकाले फलाममा खिया लागिसकेको छ । सानाठूला गरी तीनवटा भवन छन् । एउटा भवनमा फलामका डन्डीमात्र ठड्याइएका छन् । सरकारले त्यस ठाउँमा सहिद पार्क बनाउने नाममा ४६ करोड ७१ लाख छुट्याएको थियो । अस्तव्यस्त देखिने सहिद पार्कको नाममा अहिलेसम्म करिब ६० प्रतिशत बजेट सकिएको छ । सहिद दिवसका अवसरमा उपराष्ट्रपति नन्दबहादुर पुन प्रमुख अतिथि बनेर पुग्ने भनेपछि चार दिनअघि त्यहाँ पुग्दा स्मारक क्षेत्रवरिपरि सरसफाइ भइरहेको थियो ।

पार्कको मुख्य गेटमा लेखिएको छ, ‘गोकर्ण राष्ट्रिय सहिद तथा निजामती पार्क’ । गेटको छेउबाट भित्र पस्ने बाटो छ । गेटनेर काउन्टर छ । बिहान १० बजेदेखि बेलुकी ४ बजेसम्म प्रतिव्यक्ति १० रुपैयाँका दरले टिकट काटेर भित्र पस्न पाइन्छ । पिकनिक जाने, सवारीसाधन पार्किङ गर्नेले छुट्टै शुल्क तिर्नुपर्छ । आजको नागरिक दैनिकमा खबर छ ।

0 Comments