२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कारागारको फोहरले आसपासका बासिन्दालाई समस्या

अ+ अ-

भद्रपुर । भद्रपुर नगरपालिकामा रहेको जिल्ला कारागारभित्रको फोहरको उचित व्यवस्थापन हुन नसक्दा आसपासका जनतालाई समस्या भएको छ ।

लगभग चार दशकअघि बनाइएको सो कारागारमा करिब ३०० कैदीबन्दी अट्ने क्षमतामा अहिले ८३२ कैदीबन्दी रहेको कारागार प्रशासनले जनाएको छ ।

कारागारबाट दैनिक उत्पादन हुने फोहर व्यवस्थापनका लागि भौत्तिक संरचना निर्माण गर्न कारागार विभागसँग रु २२ लाख रकम मागिएकामा अहिलेसम्म नआएकाले फोहर व्यवस्थापन गर्न कठिनाइ भइरहेको कारागार प्रमुख यज्ञराज निरौलाले जानकारी दिए ।

कारागारबाट मलमूत्र बाहेक दैनिक तीन हजार लिटर फोहर पानी निस्कने भएकाले त्यसको व्यवस्थापन गर्न स्थानीय समुदायले विगतदेखि जिल्ला प्रशासन कार्यालय, भद्रपुर नगरपालिका र अन्य निकायसँग हारगुहार गर्दा पनि केही नलागेको स्थानीयवासी भीष्मराज भट्टराईले जानकारी दिए ।

कारागार क्षेत्रमा जाडोको मौसमभन्दा पनि गर्मीमा दुर्गन्ध निकै फैलिने, कारागारभित्रको फोहर पानी त्यही वरिपरि फैलिने भएकाले सधैँ दुर्गन्ध र फोहरसँग जुधिरहनु पर्ने अर्का स्थानीयवासी खड्ग न्यौपानेले बताए ।

नजिकै रहेको प्रज्ञा एकेडेमी विद्यालयका शिक्षक द्रोण अधिकारीले पनि निजीस्तरले त गर्न सकेन तर सरकारी मातहातमा रहेको यस्तो संस्थालाई व्यवस्थित गर्न जनताले सडकमा आगो नै बाल्नु पर्ने, आन्दोलन नै गर्नु पर्ने अवस्था आयो भने ।

स्थानीय जनताको दुःख र समस्या देखेर विभागसँग रकम मागेको पनि निकै लामो समय भइसक्यो तर समयमा रकम नआउने तर फोहर कारागारबाट निरन्तर आइरहने भएकाले समस्या भएको कारागार प्रमुख निरौलाले बताए । रासस

0 Comments