२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

केरुङ–काठमाडौं रेलमार्ग : नेपालले चासो दिएन

अ+ अ-

काठमाडौं । केरुङ–काठमाडौं अन्तरदेशीय रेलमार्ग बनाउन चीन सकारात्मक भइरहेका बेला नेपाल सरकारले भने चासो दिएको छैन ।

उक्त योजना अगाडि बढाउने जिम्मा नेपाल सरकारसँग रहेको संकेत गर्दै चिनियाँ टोली फर्किएको लामो समय हुँदा पनि सरकारी पक्षबाट कुनै काम अगाडि नबढाइएको हो ।कात्तिक २४ गते काठमाडौंमा सम्पन्न नेपाल–चीन संयुक्त स्थलगत अध्ययनपछि चिनियाँ अधिकारी र नेपाली अधिकारीबीच दोस्रो चरणको बैठक २०१७ डिसेम्बरमा बेइजिङमा बस्ने समझदारी भएको थियो । तर नेपाली पक्षबाट चासो नदिइँदा अहिलेसम्म बैठक बस्न सकेको छैन ।

‘दुई देशका अधिकारीबीच दोस्रो चरणको बैठक डिसेम्बरमा बेइजिङमा गर्ने मौखिक सहमति भएको थियो,’ भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका प्रवक्ता राजेन्द्रराज शर्मा नागरिकसँग भने, ‘आजसम्म बस्न सकेको छैन ।’ उनका अनुसार पहिलो बैठक नेपालले आयोजना गरेकाले दोस्रो चरणको बैठक चीनले गर्ने सहमति भएको थियो ।

चिनियाँ टोली फर्किएको साढे दुई महिना बितेको छ । केही समयअघि परराष्ट्र मन्त्रालयले बेल्ट एन्ड रोड इनिसेटिभका लागि योजना माग गरेको थियो । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले केरुङ–काठमाडौं रेलमार्ग प्रस्ताव गर्न परराष्ट्रमा योजना सिफारिस गरेको प्रवक्ता शर्माले जानकारी दिए ।
चीनको महत्वपूर्ण परियोजनामा केरुङ–काठमाडौं रेलमार्ग प्रस्ताव गर्न भनिए पनि परराष्ट्रबाट त्यो हुन सकेको छैन ।

चीनले रेलमार्ग निर्माण गर्न आवश्यक पर्ने दक्ष जनशक्ति उत्पादन गर्न नेपाली इन्जिनियरलाई तालिम दिने प्रतिबद्धतासमेत जनाएको थियो । सरकारले चीनले प्रस्ताव गरेको तालिमको अवसर पनि उपभोग गर्न सकेको छैन ।

नेपाल भ्रमणमा आएको चिनियाँ रेल नेटवर्कका उच्च अधिकारीले केरुङ–काठमाडौं रेल मार्ग स्थलगत अध्ययन गरेका थिए । चिनियाँ टोलीले उक्त रेलमार्ग बनाउन सकिने निष्कर्षसहित अबको जिम्मा नेपाल सरकारसँग रहेको संकेत गर्दै फर्किएको थियो । नेपाल सरकारकै कमजोरीका कारण काम अगाडि बढ्न नसकेको मन्त्रालय र रेल विभागका अधिकारीको बुझाइ छ ।उक्त परियोजना अगाडि बढाउने जिम्मा नेपाल सरकारको रहेको रेल विभागका सिनियर डिभिजनल इन्जिनयर तथा प्रवक्ता प्रकाशभक्त उपाध्यायले बताए । ‘चिनियाँ टोली ग्रिन सिग्नल दिएर फर्किएको छ,’ उपाध्यायले भने, ‘अब नेपाल सरकारको जिम्मेवारीमा यो सबै निर्भर गर्छ ।’

एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री भएका बेला चीनतर्फको रेलमार्गबारे केही कुरा अगाडि बढेको थियो । यसबारे त्यसपछिका सरकारले कुनै चासो देखाएका छैनन् । चीनले तत्कालीन अर्थमन्त्री कृष्णबहादुर महराको चीन भ्रमणताका उक्त रेलमार्ग निर्माणमा सहयोग गर्ने प्रतिबद्धता जनाएको थियो । महरा चिनियाँ अधिकारीलाई नेपालमा रेलमार्ग अध्ययन गर्न अनुरोधसहित फर्केका थिए । ओलीपछि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको नेतृत्वमा बनेको सरकारले रेलमार्ग बनाउने विषयमा फाइल अगाडि बढाएनन् ।

कात्तिकमा चीनको नेसनल रेलवे एडमिनिस्ट्रेसनका उपमन्त्री जेङ जियनको नेतृत्वमा २३ सदस्यीय टोली स्थलगत अध्ययनमा आएको थियो । टोलीमा संसारकै अग्लो स्थान तिब्बतमा रेलमार्ग बनाएको कम्पनीका इन्जिनियर र प्राविधिक पनि थिए । संसारकै अप्ठ्यारो स्थानमा रेल गुडाउन सफल समूहले केरुङ–काठमाडौं रेलमार्ग पनि बनाउन सक्ने विश्वास दुवै पक्षको छ ।

झन्डै २ खर्ब ७५ अर्ब रुपैयाँ लाग्ने अनुमान गरिएको उक्त रेलमार्गमा अधिकांश पुल र सुरुङ हुने प्रारम्भिक अध्ययन छ । प्रतिघन्टा १२० किलोमिटर दौडने काठमाडौं–केरुङ रेलमार्गमा ८० देखि ९० प्रतिशत पुल र सुरुङ हुने अनुमान छ ।चिनियाँ टोलीले केरुङ–काठमाडौं रेलमार्गबाहेक काठमाडौं–पोखरा हुँदै लुम्बिनीसम्मको रेलमार्गको पनि स्थलगत अध्ययन गरेको थियो । आजको नागरिक दैनिकमा खबर छ ।

0 Comments