२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सन्दीपको छलाङ : प्रधानमन्त्री र नेताहरूको बधाई

अ+ अ-

काठमाडौं । क्रिकेटभन्दा बढी पैसा । पैसाभन्दा बढी ग्ल्यामर । अनि ग्ल्यामरभन्दा बढी मनोरञ्जन । यी तीनै विशेषताको संगम इन्डियन प्रिमियर लिग (आईपीएल) यसपल्ट नेपाली दर्शकका लागि विशेष हुने पक्का छ । किनकि यसको ११ औं संस्करणमा १७ वर्षीय स्पिनर सन्दीप लामिछाने हुनेछन् ।

यसअघिका आईपीएल संस्करणमा अन्य देशका खेलाडीको प्रदर्शन हेरेर चित्त बुझाएका नेपाली दर्शकलाई दिल्ली डेयरडेभिल्ससँग अनुबन्धित सन्दीपको उपस्थिति ऐतिहासिक बन्न गएको हो । आईपीएलका लागि बेङ्गलोरमा आइतबार भएको दोस्रो तथा अन्तिम दिनको अक्सन (खेलाडी खरिदका लागि हुने बोल कबोल) मा सन्दीपलाई दिल्लीले २० लाख भारुमा खरिद गरेको हो । यससँगै उनी आईपीएलका लागि अक्सनमा पर्दै अनुबन्धित हुने पहिलो नेपाली क्रिकेटर बनेका छन् । ‘अनुबन्धित भएकामा एकदमै खुसी छु,’ उनले शुभचिन्तकप्रति ट्वीटमार्फत कृतज्ञता दर्शाए, ‘यात्रा अब सुरु भयो ।’

यसअघि नेपाली राष्ट्रिय टोलीका अर्का स्पिनर शक्ति गौचनले सन् २०१२ मा आईपीएल टोली राजस्थान रोयल्समा अभ्यासको अवसर पाएका थिए । यद्यपि, उनले त्यसबेला राजस्थान रोयल्ससँग अनुबन्ध हुने र प्रतियोगिता खेल्ने अवसर पाएका थिएनन् । नेपाली राष्ट्रिय टोलीका तत्कालीन प्रशिक्षक पुबुदु दासानायकेको विशेष पहलमा राजस्थान पुगेका शक्ति केही समयको अभ्यासपछि स्वदेश फर्केका थिए ।

विश्वका धुरन्धर क्रिकेटरले खेल्न मरिहत्ते गर्ने आईपीएलमा सन्दीपको अनुबन्धलाई नेपाली क्रिकेटको नयाँ कोशेढुंगाको रूपमा हेरिएको छ । अस्टे«लियन पूर्वकप्तान रिकी पोन्टिङको प्रशिक्षणमा रहेको दिल्लीमा सन्दीपले भारतीय क्रिकेटर गौतम गम्भीर, अस्टे«लियन क्रिकेटर ग्लेन म्याक्सवेल, न्युजिल्यान्डका कोलिन मुन्रो र ट्रेन्ट बोल्टलगायत भारतीय र अन्य देशका उत्कृष्ट क्रिकेटरसँगै अभ्यास गर्न पाउनेछन् ।

आईपीएल टोलीसँग अनुबन्ध हुने अवसर जितेका सन्दीपसँग अब दिल्ली डेयरडेभिल्सबाट अन्तिम ११ मा पर्दै उत्कृष्ट प्रदर्शन गरेर आगामी संस्करणमा आफू र अन्य नेपाली खेलाडीको सम्भावना जीवित राख्नुपर्ने चुनौती पनि छ । यो संस्करणमा सन्दीपको प्रदर्शनले लोभ्याउन सके आगामी संस्करणमा उनीसँगै अन्य नेपाली खेलाडीले पनि आईपीएलमा अवसर पाउने सम्भावना हुनेछ ।

प्रधानमन्त्री शेरबहादुर देउवाले ट्वीटमार्फत् सन्दीपलाई बधाई दिँदै आफूमात्रै नभई सिंगै देशले उनीप्रति गर्व गरिरहेको बताए । उनले नेपाली खेलाडीप्रति विश्वास दर्शाएकामा डेयरडेभिल्सलाई पनि धन्यवाद दिए । सन्दीपलाई बधाई थप्नेमा पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईलगायत नेताहरु छन् । अष्ट्रेलियाका पूर्वकप्तान माइकल क्लार्कले सन्दीपको छनोटमा नेपालीहरुलाई नै बधाई दिँदै खुसी साटेका छन् । आजको अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ ।

0 Comments