२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कर्णाली करिडोर : राँगेभीरमा सडक

अ+ अ-

बाजुरा । रुगिनको राँगेभीर । तल हेर्‍यो नीलै देखिने कर्णाली, माथि हेर्दा टाउकै ठोक्किएलाजस्तो चट्टाने भीर । मुस्किलले आधा मिटरजति त्यही चट्टान खोलेर बनाइएको बाटोमा हिँड्ने बेला जोकसैको मन ठेगानमा हुन्थेन । बाजुराका बिच्छ्याँ, रुगिन र हुम्लाका बूढापाका परिवारका सदस्य सदरमुकाम मार्तडी वा भारततिर झर्दा ‘राँगेभीरमा ख्याल गरेर हिँड्नू’ भनेर सम्झाउँथे । उक्त भीरमा कैयौंले ज्यान गुमाएका कथाब्यथा गाउँमा अझै सुनिन्छन् ।

चार महिनायता यो बाटोको अवस्था फेरिएको छ । राँगेभीरको नामनिसान मेटिएको छ । त्यही चट्टानको बीच भाग छिचोलेर चौडा सडक बनाइएको छ । पछिल्लो अवस्थाबारे खुसी हुँदै बाँधु मावि रुगिनका प्रधानाध्यापक दीपक पाण्डेले आफ्नो फेसबुकमा लेखे, ‘राँगेभीर खल्लास, अब हाम्रा पनि मुहार फेरिने दिन आउने भए ।’

नेपाली सेनाको नेतृत्वमा निर्माण कार्य भइरहेको कर्णाली करिडोर सडकको निर्माण गतिले बाजुरा र हुम्लाका स्थानीयमा आफ्नो जीवन फेरिने आस मात्रै बढाएको छैन, बिछट्टै खुसियाली पनि ल्याएको छ । अहिले बाजुरा सदरमुकाम पुग्न तीन दिन पैदल हिँड्नुपर्ने बाध्यता रहेका रुगिन बिच्छ्याँका बासिन्दा सडक सञ्चालनले आफूहरूको जीवन फेरिनेमा उत्साहित छन् । ‘पुस्तौंदेखिको नुन–चामलकै संघर्षका लागि भारी बोक्ने दिन अन्त्य हुनेछन्, विकासका ढोका खुल्नेछन्’, हिमाली गाउँपालिकाका अध्यक्ष गोविन्द मल्लले भने, ‘हाल १० हजार प्रतिक्विन्टल मूल्य पर्ने चामलको मूल्य सडक खुलेपछि घटेर ४ हजारमा सजिलै उपलब्ध हुनेछ ।’

कालिकोटदेखि हुम्लाको सिमकोटसम्म कुल १ सय ९६ किलोमिटर रहेको यस करिडोरअन्तर्गत ४३ किलोमिटर बाजुरा खण्डमा पर्छ । जसअन्तर्गत हालसम्म बाजुरा र गोत्रीको सिमानामा पर्ने लैफुदेखि धुलाचौरसम्मको करिब ३५ किलोमिटर ट्रयाक खुलिसकेको छ । ९ किलोमिटर अगाडि बढे हुम्ला र बाजुराको सिमाना कवाडी पुग्नेछ । हाल कालिकोटको तोलीभीरमा बाँकी रहेको करिब ५ सय मिटर चट्टान छिचोलेर ट्रयाक खोल्ने प्रयास भइरहेको छ । ‘तोलीभीर खुलेपछि बाजुराको धुलाचौरसम्मको ट्रयाक क्लियर हुनेछ,’ निर्माण कार्यमा संलग्न सेनानी मिलन कार्कीले भने ।

‘यही वर्षभित्र धुलाचौरसम्म जिप, ट्याक्टर चल्ने आस गरेका छौं,’ रुगिनकै तेजबहादुर सार्कीले भने । गोत्रीको जुड्डी खोलामा यसै आर्थिक वर्षभित्र बेलिब्रिज राख्ने योजना रहेको नेपाली सेनाका प्राविधिकहरूले बताएका छन् । चारैतिर उजाड देखिने ठाउँमा कर्णाली नदीको तीरैतीर निर्माण भइरहेको यो सडक भने रहरलाग्दो देखिन थालेको छ ।

विपन्नताले चौतर्फी निराशामा पारेको बाजुराको पूर्वोत्तरसहित कर्णाली क्षेत्रका बासिन्दालाई पछिल्लो समय यही सडकको निर्माणको गतिले आशा जगाएको छ । ‘यही सडकले हाम्रो जीवन फेर्ने आस छ,’ बाजुरा र हुम्लाको सिमानामा पर्ने कवाडीका मिलन बुढाले भने, ‘दैनिक उपभोग्य सामग्रीका लागि महिनौं हिँडेर भारी बोक्नुपर्ने बाध्यताबाट छुटकारा मिल्यो भने अबको पुस्ताले सुख पाउनेछ ।’

यो सडक कर्णालीसँग जोडिएका बाजुराका अति विकट मानिने साप्पाटाका गोत्री, जगन्नाथ, बाँधु र रुगिन गाविस हुँदै सिमकोट पुग्नेछ । सडक निर्माणको गति देखेर हुम्ला र मुगुका बासिन्दा जति हौसिएका छन्, बाजुराको पूर्वोत्तर क्षेत्रका बासिन्दा पनि त्यत्तिकै खुसी छन् ।
कडा चट्टानमा विस्फोटबाहेक छिटोछरितोकाम होस् भनेर ट्रयाक खोल्ने काममा निजीक्षेत्रका ठेकेदारलाई समेत सेनाले परिचालन गरिरहेको छ । चालु आर्थिक वर्षभित्र हुम्लातर्फ पनि करिब १० किलोमिटर छिचोलिसक्नेसेनाको योजना छ ।

तीन वर्षअघिदेखि कर्णाली करिडोरअन्तर्गत खुलालु–लैफु–सिमकोट सडक खण्डको निर्माण कार्यको जिम्मेवारी नेपाली सेनाले लिएपछि कामले तीव्रता पाएको छ । कालिकोटको खुलालुलाई जिरो प्वाइन्ट मानिएको छ । यसअन्तर्गत कालिकोट खण्डमा ४० किलोमिटर, बाजुरा खण्डमा ४३ र हुम्ला खण्डमा १ सय १३ किलोमिटर पर्छ ।

लामो समयसम्म निर्माण कार्यमा प्रगति नभएपछि भौगोलिक विकटतालगायत प्रतिकूलता औंल्याउँदै सरकारले २०७१ मा कर्णाली करिडोरलाई विशेष परिस्थितिको सडक परिभाषित गर्दै निर्माणको जिम्मा सेनालाई दिएको थियो ।

सेनाले ५ वर्षभित्र निर्धारित पहिलो चरणको काम पूरा गरिसक्ने बताएको छ । यस सडकको निर्माणमा २ अर्ब ८४ करोड ११ लाख १६ हजार रुपैयाँ खर्च हुने अनुमान छ ।

यस सडकलाई बाँके र रुपैडिहा नाकाबाट आरम्भ भई हुम्लाको सिमकोट हुँदै चीनको तिब्बत सिमानासम्म पुर्‍याउने लक्ष्य छ । यो सडक मार्ग बाजुरा र कर्णाली क्षेत्रका बासिन्दाको जीवन उकास्ने मेरुदण्ड बन्ने विश्वास छ । ‘यस क्षेत्रको गरिबी र विपन्नतालाई छुटकारा दिने मुख्य सेतु यही सडक हुनेछ,’ बाजुरा प्रदेशसभा ‘क’ का सांसद बलदेव रेग्मीले भने । यस सडकबाट पूरै बाजुरा सडक सञ्जालमा गाँसिनेछ । रारा जाने पर्यटकलाई यो मार्गले यात्रा सजिलो बनाइदिनेछ । हाल सदरमुकाम मार्तडीसम्म बस यातायात चल्ने गरी बनेको सडकमा कालोपत्रेको काम हुँदै छ ।

मार्तडी कोल्टीको प्रारम्भिक ट्रयाक पनि खुलिसकेको छ । कोल्टीदेखि पिलुचौरसम्मको ट्रयाक निर्माणका लागि गत वर्षै ठेक्का सम्झौता भए पनि स्थानीय उल्झनले काम भने भएको छैन । पिलुचौरमा कर्णाली करिडोर जोडिन्छ । मार्तडीदेखि पिलुचौरसम्मको लम्बाइ करिब ५० किलोमिटर छ । सडक सञ्जाल विस्तारले खप्तड, रामारोशन, बडीमालिका र रारा अवलोकनका लागि पर्यटकको पहुँच बढाउने छ । ‘अब हामीलाई आधुनिक विकासतर्फ जोड्ने ढोका खोलिनैपर्छ,’ बाजुराको प्रदेशसभाका अर्का सांसद प्रकाश शाहले भने । आजको कान्तिपुर दैनिकमा खबर छ ।

0 Comments