दलित र एकल महिलालाई ५५ वर्षमै भत्ता दिने सरकारको निर्णय « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

दलित र एकल महिलालाई ५५ वर्षमै भत्ता दिने सरकारको निर्णय


१४ माघ २०७४, आइतबार


काठमाडौं । जाँदाजाँदै ‘पपुलिस्ट’ निर्णय गर्न थालेको प्रधानमन्त्री शेरबहादुर देउवा सरकारले दलित र एकल महिलाले सामाजिक भत्ता पाउने उमेरसमेत घटाएको छ ।

वृद्धभत्ता पाउने उमेर ६५ वर्ष बनाएकै दिन बसेको मन्त्रिपरिषद् बैठकले दलित र एकल महिलाले सामाजिक भत्ता पाउने उमेरसमेत घटाएको जानकारी प्रधानमन्त्री कार्यालय स्रोतले दिएको छ। अब दलित र एकल महिलाले ५५ वर्ष पुगेपछि सामाजिक भत्ता पाउन थाल्नेछन्।

सरकारले यसअघि दलित र एकल महिलाले ६० वर्ष पुगेपछि मासिक एक हजार रुपैयाँ सामाजिक भत्ता पाउँथे भने अब ५५ वर्ष पुगेपछि त्यस्तो सुविधा पाउन थाल्नेछन्। प्रतिनिधिसभा चुनाव भइसकेपछि राजनीतिक रूपमा कामचलाउ हैसियतमा पुगेको देउवा सरकारले राज्यको ढुकुटीमा दीर्घकालीन असर पुर्‍याउने निर्णय गरेको यो पछिल्लो शृंखला हो।

कामचलाउ सरकारलाई दैनिक प्रशासन चलाउनेबाहेक दीर्घकालीन असर पार्ने अरू नयाँ नीतिगत निर्णय गर्ने नैतिक तथा संवैधानिक अधिकार हुन्न। आजको कान्तिपुर दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस