२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बिल आउँछ, पानी आउँदैन

अ+ अ-

ललितपुर । ‘काठमाडौं उपत्यका खानेपानी लिमिटेड जाउलाखेल’ ले अघिल्लो साता ललितपुर जिल्ला जनस्वास्थ्य कार्यालयमा एक लाख नौ हजार रुपैयाँको बिल पठायो। १३ वर्षसम्म धारामा पानीको थोपा नझरे पनि यति धेरै रकमको बिल आएपछि कार्यालय प्रमुख झलक शर्मा पौडेलले असन्तुष्टि व्यक्त गरे। पौडेलले भने, ‘जनस्वास्थ्यको अफिस ०६१ सालमा स्थापना भएको थियो। त्यसपछि खानेपानी कार्यालयमा धारो जोडिदिन निवेदन दिएका थियौं । धारो त जोडियो तर एक थोपा पानी कहिल्यै झरेन।’

वर्षौंदेखि कुनै जानकारी नदिई एकैपटक यति धेरै महसुल पठाएकोमा पौडेल आश्चर्यचकित भएका छन्। उनले पानी कहिल्यै नछोडिएको हुँदा यो रकम मिनाहा गराइपाऊँ भनी खानेपानी कार्यालय ललितपुरमा पत्राचार गरेको तर जवाफ नआएको जानकारी दिए।

यता, ढोलाहिटी हाइटमा बस्ने बिन्दा केसी पनि खानेपानी लिमिटेडको रबैया देखेर वाक्क छन्। पानी पिउनै नपाई बिल तिर्न बाध्य भएको गुनासो उनको छ। उनको धारामा पानी नझरेको झन्डै आठ वर्ष भयो। पानी नआए पनि प्रतिमहिना न्यूनतम महसुल भने तिर्दै आएकी छन्। पानीको बिल मात्रै तिर्नुपरेपछि काठमाडौं उपत्यका खानेपानी लिमिटेड जाउलाखेल पुगेर धेरैपटक निवेदन दिए पनि सुनुवाइ नभएको गुनासो उनको छ। सधैं ट्यांकर र जारको पानी किनेर खानुपरे पनि इमानदारीपूर्वक बिल तिरिरहेको उनले बताइन्।

‘खानेपानी कार्यालयले गुनासो सुनुवाइ नगरेपछि स्थानीयसँग मिलेर दुईपटक जुलुससमेत लिएर कार्यालय पुग्यौं। तैपनि, केही भएन। त्यसपछि चुपचाप पानीको पैसा तिर्न बाध्य भयौं,’ केसीले दुखेसो पोखिन्, ‘खानेपानी कार्यालयका कर्मचारीले सधैं पानी आउँछ भनेर आश्वासन मात्र दिए, पानी आएन।’

बीस वर्ष पहिलाको सम्झना सुनाउँदै सुनाकोठी, जैनखेलका राम केसीले भने, ‘उतिबेला धारोमा पानीको छेलोखेलो हुन्थ्यो। आठ, दस वर्षदेखि एक थोपा पानी खसेको छैन।’ पानी नआए पनि महिनैपिच्छे बिल तिरिरहेको उनले सुनाए। सोही टोलका राजन केसीको समस्या पनि उस्तै छ। उनको घरको सरकारी धारोमा पनि दशकदेखि पानी खसेको छैन। बिल भने नियमित तिरिरहेका छन्। आजको अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ ।

0 Comments