राजधानी तयारी : भौतिक संरचना व्यवस्थापन तीव्र « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

राजधानी तयारी : भौतिक संरचना व्यवस्थापन तीव्र


१३ माघ २०७४, शनिबार


काठमाडडौं । प्रदेशको अस्थायी राजधानी तोकिएका सात सहरमा यति बेला भौतिक पूर्वाधार तयारी तीव्र पारिएको छ । प्रदेश प्रमुख, मुख्यमन्त्री, मन्त्रीहरु, सभामुखको निवास तथा कार्यालयका साथै मन्त्रालयका लागि आवश्यक भौतिक संरचनाको खोजी तथा मर्मतसम्भारले प्रदेश राजधानीमा चहलपहल बढेको छ।

सरकारले प्रदेश नं. १ को अस्थायी राजधानी मोरङको विराटनगर, २ को राजधानी धनुषाको जनकपुर, ३ को राजधानी मकवानपुरको हेटौंडा र ४ को राजधानी कास्कीको पोखरा तोकेको छ । यसैगरी प्रदेश ५ को राजधानी रुपन्देहीको बुटवल, ६ को राजधानी सुर्खेतको वीरेन्द्रनगर र ७ को राजधानी कैलालीको धनगढीलाई तोकिएको छ । सम्बन्धित जिल्लाको प्रशासनिक संयन्त्र प्रदेश राजधानीलाई आवश्यक भौतिक संरचना व्यवस्थापनमा खटिएको छ।

अस्थायी राजधानी भनिएकाले र समय पनि कम भएकाले नयाँ संरचना निर्माण नभई भइरहेकै संरचनालाई मर्मतसम्भार गरी काम चलाउने तयारी भइरहेको छ । यसका लागि सम्बन्धित सहरमा रहेका विभिन्न सरकारी भवनहरुलाई प्रयोगमा ल्याइने भएको छ । ती भवनमा आवश्यक मर्मतसम्भार, रङरोगनको कार्य तीव्र पारिएको छ । सँगसँगै फर्निचर जडानको काम पनि भइरहेको सम्बन्धित जिल्ला प्रशासनका अधिकारीले जानकारी दिएका छन् । आजको नागरिक दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस