गजल « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

गजल


१३ माघ २०७४, शनिबार


पटक पटक कुकरको पुच्छर थिचेको छु।।
सधैंभरि परिक्षणमा बाँच्नसिकेको छु ।।

आँखाचिम्ली गरें गल्ती चाटी नुन–पिठो
त्यै गल्तीले जिन्दगी भर छाती पिटेको छु ।

खुट्टा काम्छन् थुरुरुरु सामुभीर देख्दा
किन म यो अक्करको बाटो हिँडेको छु ?

कसले काढ्यो इतिहासमा ऋण केकाखातिर
एकेक पैसा जोडी अहिले ऋण तिरेको छु ।

शिखर छुन्छु भन्दै उड्न स्युरें प्वाँखनौलो
के पो हुन्थ्यो, पात्तालमा उल्टै मिलेको छु ।

प्रतिक्रिया दिनुहोस