म र मेरा दम्भहरु « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

म र मेरा दम्भहरु


१३ माघ २०७४, शनिबार


उपेक्षा र अपेक्षाकाभावहरु
म र मेरा दम्भहरु
समता र समानताका प्रसङ्गहरु
हो
यिनै त हुन प्रेममा युद्ध निम्त्याउने खुड्किला

राग द्वेष र बितृष्णाहरु
आशक्ती र अबिस्वासहरु
क्लेश र बिरक्तिहरु
हो
यिनै त हुनअपनत्वमाधावाबोल्ने धमिराहरु

जानीजानीनिम्त्याइने बाधाहरु
जानिजानीअपनाउने अड्चनहरु
हुन्छ भनेर बन्नै नदिने उल्झनहरु

हो यिनै त हुनजोड्छु भनेर जोड्नै नसकिने
सम्बन्धहरु
मिलाउछु भनेर मिलाउनै नसकिने मन
गर्छु भनेर गर्नै नसकिने प्रेम
म र मेरा दम्भहरु
तिमी र तिम्रादम्भहरु
हामी र हाम्रादम्भहरु

हो यिनै त हुनमनलाईमनजस्तै बन्ननदिने अडचनहरु

Tags :
प्रतिक्रिया दिनुहोस