ठूला दलबाट राष्ट्रिय सभामा मुुस्लिम प्रतिनिधित्व शून्य « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

ठूला दलबाट राष्ट्रिय सभामा मुुस्लिम प्रतिनिधित्व शून्य


१३ माघ २०७४, शनिबार


sava

काठमाडौं । प्रमुख दलसँग आबद्ध मुस्लिम भ्रातृ संगठनले राष्ट्रिय सभा निर्वाचनमा मुसलमान समुदायको प्रतिनिधित्व शून्य बनाइएको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् ।

एमाले, कांग्रेस र माओवादी केन्द्रसम्बद्ध मुस्लिम भ्रातृ संगठनले राष्ट्रिय सभामा मुसलमान समुदायको प्रतिनिधित्व शून्य गर्ने गरी थ्रेसहोल्ड ल्याइएको जनाउँदै त्यसको खारेजीको माग गरेका छन् । उनीहरूले ठूला दलबाट राष्ट्रिय सभामा मुस्लिम समुदायको प्रतिनिधित्व शून्य बनाइएको भन्दै त्यसमा पुनर्विचार नगरे आन्दोलन गर्ने चेतावनी दिए । राष्ट्रिय सभामा कुनै पनि दलले मुस्लिम समुदायका प्रतिनिधिलाई उम्मेदवार बनाएका छैनन् ।

एमाले केन्द्रीय सदस्य तथा नेपाल मुस्लिम इत्तेहाद संगठनका अध्यक्ष सेराज अहमद फारुकीले देशको कुल जनसंख्याको ११ प्रतिशत जनसंख्या रहेको मुसलमान समुदायको प्रतिनिधित्वविना राष्ट्रिय सभाको कल्पना गर्न नसकिने बताए ।

ठूला तीन दलले यसमा पुनर्विचार गर्नुपर्ने उनको भनाइ थियो । माओवादी केन्द्रका पोलिटब्युरो सदस्य तथा मुस्लिम मुक्ति मोर्चा नेपालका अध्यक्ष अतहर हुसेन फारुकीले संविधानले व्यवस्था गरेको अधिकारलाई दलहरूले कुल्चने काम गरेको आरोप लगाए । मोर्चाका वरिष्ठ उपाध्यक्ष ताज मोहम्मद मियाँले मुसलमानको प्रतिनिधित्व नगरिए आन्दोलनमा उत्रिने चेतावनी दिए ।

कांग्रेस भ्रातृ संगठन मुस्लिम संघ नेपालका वरिष्ठ उपाध्यक्ष मोहमद निजामुद्दिनले विगतका हरेक आन्दोलनमा मुस्लिम समुदायको देन भए पनि राष्ट्रिय सभाजस्तो गरिमामय स्थानमा उपस्थिति शून्य पार्नु ठूला दलको गैरजिम्मेवारपन भएको आरोप लगाए । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस