२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

ठूला दलबाट राष्ट्रिय सभामा मुुस्लिम प्रतिनिधित्व शून्य

अ+ अ-

काठमाडौं । प्रमुख दलसँग आबद्ध मुस्लिम भ्रातृ संगठनले राष्ट्रिय सभा निर्वाचनमा मुसलमान समुदायको प्रतिनिधित्व शून्य बनाइएको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् ।

एमाले, कांग्रेस र माओवादी केन्द्रसम्बद्ध मुस्लिम भ्रातृ संगठनले राष्ट्रिय सभामा मुसलमान समुदायको प्रतिनिधित्व शून्य गर्ने गरी थ्रेसहोल्ड ल्याइएको जनाउँदै त्यसको खारेजीको माग गरेका छन् । उनीहरूले ठूला दलबाट राष्ट्रिय सभामा मुस्लिम समुदायको प्रतिनिधित्व शून्य बनाइएको भन्दै त्यसमा पुनर्विचार नगरे आन्दोलन गर्ने चेतावनी दिए । राष्ट्रिय सभामा कुनै पनि दलले मुस्लिम समुदायका प्रतिनिधिलाई उम्मेदवार बनाएका छैनन् ।

एमाले केन्द्रीय सदस्य तथा नेपाल मुस्लिम इत्तेहाद संगठनका अध्यक्ष सेराज अहमद फारुकीले देशको कुल जनसंख्याको ११ प्रतिशत जनसंख्या रहेको मुसलमान समुदायको प्रतिनिधित्वविना राष्ट्रिय सभाको कल्पना गर्न नसकिने बताए ।

ठूला तीन दलले यसमा पुनर्विचार गर्नुपर्ने उनको भनाइ थियो । माओवादी केन्द्रका पोलिटब्युरो सदस्य तथा मुस्लिम मुक्ति मोर्चा नेपालका अध्यक्ष अतहर हुसेन फारुकीले संविधानले व्यवस्था गरेको अधिकारलाई दलहरूले कुल्चने काम गरेको आरोप लगाए । मोर्चाका वरिष्ठ उपाध्यक्ष ताज मोहम्मद मियाँले मुसलमानको प्रतिनिधित्व नगरिए आन्दोलनमा उत्रिने चेतावनी दिए ।

कांग्रेस भ्रातृ संगठन मुस्लिम संघ नेपालका वरिष्ठ उपाध्यक्ष मोहमद निजामुद्दिनले विगतका हरेक आन्दोलनमा मुस्लिम समुदायको देन भए पनि राष्ट्रिय सभाजस्तो गरिमामय स्थानमा उपस्थिति शून्य पार्नु ठूला दलको गैरजिम्मेवारपन भएको आरोप लगाए । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

0 Comments