राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान क्षेत्र नं. ५ कैलालीको तदर्थ समिति अध्यक्षमा भट्ट « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान क्षेत्र नं. ५ कैलालीको तदर्थ समिति अध्यक्षमा भट्ट


१२ माघ २०७४, शुक्रबार


काठमाडौं । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालले क्षेत्र नं. ५ कैलालीको तदर्थ समिति गठन भएको छ ।

प्रतिष्ठानले तोयनाथ भट्टको अध्यक्षतामा समिति गठन गरेको हो । समितिको प्रथम उपाध्यक्षमा सुरेन्द्र संगम, द्वितिय उपाध्यक्ष चन्द्र थापा, सचिव राम बहादुर साउँद ‘खासपागल’, सहसचिव आशा सिंह, कोषाध्यक्ष कृष्णा सिराडी र सह–कोषाध्यक्ष नरेन्द्र बोगटी रहेका छन् ।

यस्तै सदस्यमा मोहनराज अवस्थी, जयराज भट्ट, गोपाल बुढाक्षेत्री, सरला सिंह, प्रेम विवश चन्द, यमराज जोशी, दिर्घ शाही, लक्ष्मी विसी, दुर्गा भट्ट, ज्ञानेन्द्र विश्वकर्मा र जमुना साउँद रहेका छन् ।

प्रतिष्ठानका प्रदेश संयोजक सुरत रावत ‘डोटेली कान्छा’को प्रमुख आथित्यतामा आयोजित कार्यक्रमले प्रतिष्ठानका कैलाली जिल्ला अध्यक्ष दलबहादुर बोगटीको रोहबरमा रहने गरी समिति गठन गरेको हो ।

प्रतिक्रिया दिनुहोस