२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

क्यान्सर बिरामीमा किसान बढी !

अ+ अ-

चितवन । क्यान्सर उपचारका लागि अस्पताल आउनेमा कृषि पेसामा आबद्ध बताउने अधिक छन् । राष्ट्रिय क्यान्सर रजिष्ट्रीको १० वर्षे रिपोर्टमा यो विवरण उल्लेख छ । यो विवरणकै आधारमा क्यान्सर र कृषिबीचको सम्बन्धमा थप अनुसन्धान हुनुपर्ने देखिएको छ ।

‘यो प्रारम्भिक जानकारी हो । बिरामीले अस्पतालमा टिपाएको जानकारी हो । यसै आधारमा क्यान्सर किसानलाई बढी हुँदोरहेछ भनेर ठोकुवा गर्न त भएन तर, यस विषयमा थप अनुसन्धान हुनुपर्छ,’ भरतपुरस्थित बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालअन्तर्गत क्यान्सर अनुसन्धान, रोकथाम तथा नियन्त्रण विभाग प्रमुख भोला सिवाकोटीले भने ।

मुलुकमा सन् २००३ देखि राष्ट्रिय क्यान्सर रजिष्ट्री कार्यक्रम सुरु भएको हो । त्यसयता बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल, वीर अस्पताल, त्रिवि शिक्षण अस्पताल, कान्ति बाल अस्पताल, भक्तपुर क्यान्सर अस्पताल, मणिपाल शिक्षण अस्पताल (पोखरा) र बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान (धरान) मा उपचार गराउन आउने यस्ता बिरामीको तथ्यांक राख्न सुरु गरिएको हो ।

सन् २००३ देखि २०१२ सम्मको १० वर्षको सबै खाले विवरण समेटिएको सो प्रतिवेदन असोज १० मा भरतपुरस्थित बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको वार्षिकोत्सवमा सार्वजनिक गरिएको थियो । १० वर्षमा सातवटा अस्पतालमा ५६ हजार १३ नेपाली क्यान्सर उपचार गराउन आएको प्रतिवेदनमा लेखिएको छ । तीमध्ये कृषि पेसा अंगाल्ने बताउने २० हजार ९ सय ५३ छन् । यो संख्या कुल बिरामीको झन्डै साढे ३७ प्रतिशत हो । उपचार गराउन आएका मध्ये सबैभन्दा थोरै आफूलाई व्यापारी बताउने छन् । जसको संख्या एक हजार ४ सय २९ छ । यो संख्या कुल बिरामीको दुई दशमलब छ प्रतिशत हो । त्यसपछि कार्यालयमा काम गर्ने छन् । जसको संख्या तीन दशमलब सात प्रतिशत छ।

कृषिपछि क्यान्सर उपचार गराउन आएकामा घरेलु काम गर्नेको संख्या बढी छ । यस्तो काम गर्ने बताउने १६ हजार ३७ जनालाई क्यान्सर भएको तथ्यांकबाट देखिन्छ । खेतीकिसानी गर्नेमा पनि पुरुषको संख्या ५० प्रतिशभन्दा बढी छ । १० वर्षमा १८ हजार २ सय ८ पुरुष क्यान्सर उपचार गराउन आएका छन् । जसमा १० हजार ३ सय ६० जनाको कृषि पेसामा आबद्ध भएको प्रतिवेदनमा उल्लेख छ । पुरुष बिरामीमा यो झन्डै ५७ प्रतिशत हो।

क्यान्सर भएका महिलामा घरायसी काम गर्नेको संख्या धेरै छ । १० वर्षमा क्यान्सर भएका २१ हजार ४८ महिलामध्ये नौ हजार ७ सय ८८ जना गृहिणी रहेको प्रतिवेदनमा उल्लेख छ । त्यसपछि खेतीकिसानी गर्ने महिलामा क्यान्सर बढी देखिएको छ । क्यान्सर भएका महिलामध्ये छ हजार ५ सय ८० जनाले आफ्नो पेसा कृषि भएको बताएका छन् । आजको नागरिक दैनिकमा खबर छ ।

0 Comments