राष्ट्रिय सभामा निर्वाचित हुने सम्भावित सदस्य « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

राष्ट्रिय सभामा निर्वाचित हुने सम्भावित सदस्य


११ माघ २०७४, बिहिबार


sava

काठमाडौं । राष्ट्रिय सभा सदस्यमा ५६ सदस्यका लागि ८३ जनाको उम्मेदवारी परेको छ । तीमध्ये प्रदेश १, २, ५ र ७ बाट १७ सदस्य निर्विरोध निर्वाचित भएका छन् । २४ माघमा हुने निर्वाचनका लागि नौ दलबाट समूहगत रूपमा महिला २६, अन्य २८, दलित १४ र अपांगता भएका व्यक्ति वा अल्पसंख्यक समुदायबाट १५ जनाको उम्मेदवारी परेको हो । उम्मेदवारको अन्तिम नामावली १४ माघमा सार्वजनिक हुनेछ भने १५ माघमा निर्वाचन चिह्न प्रदान गरिनेछ ।

संविधानको धारा ८६ को उपधारा (२) को खण्ड (क) बमोजिम प्रत्येक प्रदेशबाट खुला तीन, महिला तीन, दलित एकजना र अपांग वा अल्पसंख्यक समुदायबाट एक गरी आठ–आठ सदस्य निर्वाचित हुनेछन् । त्यसमध्ये दलित र अपांग वा अल्पसंख्यक समुदायबाट निर्वाचित हुने सदस्य बहुमतीय प्रक्रियाबाट निर्वाचित हुनेछन् ।

यी समुदायबाट एकजना मात्रै निर्वाचित हुने भएकाले मत सर्न नपाउँदा बहुमतीय भएको हो । तीन खुला र तीन महिला सदस्य एकल संक्रमणीय प्रणालीबाट निर्वाचित हुनेछन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस