२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रदेशको दरबन्दी स्वीकृत

अ+ अ-

काठमाडौं । सरकारले सातै प्रदेशमा मुख्यमन्त्रीको कार्यालयसहित सात मन्त्रालय रहने गरी संगठन संरचना र दरबन्दी स्वीकृत गरेको छ । मन्त्रिपरिषद् बैठकले बुधबार प्रदेशका लागि अन्तरिम व्यवस्थापन गर्ने निर्णय गरेको हो । महिला बालबालिका तथा समाजकल्याणमन्त्री विक्रमबहादुर थापाले प्रदेशमा सात मन्त्रालय रहने गरी अन्तरिम संगठन संरचना तथा दरबन्दी स्वीकृत गरिएको जानकारी दिए । पछि प्रदेशसभाले यसमा थपघट गर्न सक्ने संवैधानिक व्यवस्था छ ।

संविधानको धारा १६८ को उपधारा ९ मा प्रदेश प्रमुखले मुख्यमन्त्रीको सिफारिसमा प्रदेशसभा सदस्यमध्येबाट समावेशी सिद्धान्तबमोजिम मुख्यमन्त्रीसहित कुल संख्याको २० प्रतिशतभन्दा बढी नहुने गरी मन्त्रिपरिषद् गठन गर्ने व्यवस्था रहेकाले पछि थपघट हुन सक्ने भएको हो ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको प्रमुख सचिवमा विशिष्ट श्रेणीका कर्मचारी रहनेछन् भने मन्त्रालयमा प्रथम श्रेणीका सहसचिव सचिवको रूपमा रहनेछन् । आन्तरिक मामिला मन्त्रालय, सामाजिक विकास मन्त्रालयमा प्रशासनका सचिव रहने व्यवस्था गरिएको छ भने भौतिक पूर्वाधार विकास मन्त्रालयमा प्राविधिक इन्जिनियरिङ समूहका र भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयमा प्राविधिकअन्तर्गत कृषि समूहको सचिव रहनेछन् । त्यस्तै, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयमा प्राविधिकअन्तर्गत वन समूहका सचिव रहने व्यवस्था गरिएको छ । आजको अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ ।

0 Comments