डीपिएल–२ खेल्ने टोली र रणनैतिक खेलाडीको घोषणा « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

डीपिएल–२ खेल्ने टोली र रणनैतिक खेलाडीको घोषणा


१० माघ २०७४, बुधबार


काठमाडौं । क्रिकेटलाई योजनाबद्ध र व्यवसायिक हिसाबले अगाडि बढाउनका लागि प्रयासरत धनगढी क्रिकेट एकेडेमीले नेपालकै सर्वाधिक पुरस्कार राशीको घरेलु क्रिकेट प्रतियोगिता रुस्लान धनगढी प्रिमियर लिग (डिपिएल)–२को टोली तथा रणनैतिक खोलाडीहरुको घोषणा गरेको छ ।

बुधवार एकेडेमीले राजधानीमा पत्रकार सम्मेलनको आयोजना गर्दै उक्त घोषणा गरेको हो । आयोजकले दोस्रो चरणको डीपियलमा पहिलो चरणको कञ्चनपुर आइकोनिकको ठाउँमा महेन्द्रनगर युनाइटेडलाई राखेको छ । यस्तै, पहिलो संस्करणका टीम काठमाडौं गोल्डेन्स, विराटनगर किंग्स, सिवाइसी अत्तरिया, टिम चौराहा धनगढी, रुपेन्देही च्यालेन्जर्स मैदानमा हुने छन् ।

ज्ञानेन्द्र मल्ल रणनैतीक खेलाडी रहेको काठमाडौं गोल्डन्सको सञ्चालकमा गोल्डनगेट एडुकेशन नेटवर्क रहेको छ भने कप्तान पारस खड्का पारस लुनिया सञ्चालक रहेको छ । खढड्का विराटनगर किंग्सको रणनैतिक खेलाडी रहेका छन् ।
श्रृजनशील युवा क्लबले सञ्चालन गर्ने सिवाइसी अत्तरियाको रणनैतिक खेलाडीमा दीपेन्द्रसिंह ऐरी छन् । विनोद भण्डारी रणनैतिक खेलाडी रहेको महेन्द्रनगर युनाइटेडको सञ्चालकमा सुशील कुमार श्रेष्ठ रहेका छन् ।

यस्तै सुरज उप्रेती सञ्चालक रहेको रुपेन्देही च्यालेन्जर्सको रणनैतिक खेलाडीमा शक्ति गौचन र टिम चौराह धनगढीको सञ्चालकमा राजकुमार श्रेष्ठ तथा रणनैतिक खेलाडीमा सोमपाल कामी रहेको छन् । प्रत्येक टोलीका रणनैतिक खेलाडीलाई न्युनतम २ लाख उपलब्ध गराइने एकेमिका अध्यक्ष सुवाश शाहीले बताए ।

आयोजकले यसअघि नै फाल्गुन ९ गते हुने अक्सनका लागि खेलाडीहरुको श्रेणी विभाजन गरेको थियो। जस अनुसार ए श्रेणीमा राष्ट्रिय टोलीबाट कम्तिमा १५ खेल खेलेको या विगत तीन वर्षयता राष्ट्रिय टोलीमा खेल्दै आएकालाई समेटेको छ। अक्सनमा उनीहरुको भाउ न्युनतम १ लाख देखि अधिकतम १ लाख ५० हजार सम्म लाग्नेछ। बी श्रेणीमा बाँकी राष्ट्रिय खेलाडीहरु तथा यु–१९ खेलाडीहरुलाई समेटिएको छ। अक्सनमा उनीहरुको भाउ न्युनतम ५० हजार देखि अधिकतम १ लाखसम्म रहने छ। बाँकी सबै अनक्याप्ड खेलाडीहरुलाई सी श्रेणीमा राखिएको छ। उनीहरुको अक्सनमा न्युनतम मुल्य २५ हजार देखि अधिकतम ७५ हजारसम्म तोकिएको छ।

यसपटक आयोजकले टोलीमा दुई जना विदेशी र एक जना खेलाडी धनगढीमा हुने ट्यालेन्ट हन्टबाट अनिवार्य राख्नुपर्ने प्रावधान तोकेको छ। रणनितीक खेलाडी र दुई विदेशी खेलाडीबाहेक बाँकी १२ जना खेलाडीलाई ११ लाख रुपैयाँमा एउटा टोलीले किनिसक्नु पर्ने प्रावधान तोकिएको छ।

प्रत्येक खेलका म्यान अफ द म्याच घोषित हुने खेलाडीले १० हजार र म्यान अफ द सिरिज हुनेले टिभीएस अपाचे १८० सिसीको मोटरसाइकल पाउनेछन् । त्यस्तै, उत्कृष्ट ब्याट्सम्यान र बलरले पनि पुरस्कार पाउने छन् ।

कार्यक्रममा राष्ट्रिय क्रिकेट टोलीका मुख्य प्रशिक्षक जगत टमाटाले यस किसिमको प्रतियोगिताले नयाँ खेलाडीको विकाससँगै क्रिकेट खेलको विकासमा सघाउ पुग्ने विचार व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस