लोक सेवा सम्बन्धि बस्तुगत र छोटा प्रश्नोत्तर « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

लोक सेवा सम्बन्धि बस्तुगत र छोटा प्रश्नोत्तर


१० माघ २०७४, बुधबार


वस्तुगत प्रश्नोत्तर

१. विश्व क्रिकेटको सर्वोच्च संस्था आइसीसीले वर्षका उत्कृष्ट क्रिकेटर कसलाई घोषणा गर्यो ?
– विराट कोहली
(त्यस्तै अस्ट्रेलियाका स्टिभ वर्षका उत्कृष्ट टेष्ट खेलाडी घोषित भएका)

२. अन्तर्राष्ट्रिय खेल जगत्को विश्लेषण गर्ने स्विजरल्यान्डको संस्था सीआईईएस (इन्टरनेसनल सेन्टर फर स्पोर्टस् स्टडिज) ले सन् २०१८ जनवरीमा प्रकाशित गरेको प्रतिवेदन अनुसार विश्वको मस्ट भ्यालुएबल फुटबलरको सूचीको प्रथम स्थानमा रहेका खेलाडी को हुन् ?
– ब्राजिलका नेयमार जुनियर
(त्यस्तै अर्जेन्टिनाका लियोनेल मेसी दोस्रो र इङ्ल्यान्डका ह्यारी केन तेस्रो स्थानमा रहेका ।)

३. सन् २०१७ मा नेपालमा धेरै पर्यटक आगमन भएका प्रमुख पाँच राष्ट्र कुन–कुन हुन् ?
– क्रमशः भारत, चीन, अमेरिका, बेलायत र श्रीलङ्का
(नेपाल पर्यटन बोर्डका अनुसार सन् २०१७ मा नौ लाख ४० हजार २१८ पर्यटकले नेपालको भ्रमण गरेका । सन् २०१६ मा सात लाख २८ हजार ५५० पर्यटक नेपालमा भ्रमणका लागि आएका ।)

४. नेपालमा भूकम्प सुरक्षा दिवस कहिले मनाइन्छ ?
– माघ २
– ‘सबल समुदाय र स्थानीय सरकार, भूकम्पीय सुरक्षाको बलियो आधार’ नाराका साथ २० औँ राष्ट्रिय भूकम्प सुरक्षा दिवस मनाइएको ।
– २०५५ देखि माघ २ गतेलाई राष्ट्रिय भूकम्प सुरक्षा दिवसका रूपमा मनाइँदै आइएको ।

५. भूकम्पीय जोखिमका हिसाबले नेपाल विश्वको कतिऔं स्थानमा रहेको छ ?
– ११ औँ

६. सरकारले सातवटै प्रदेशमा प्रदेश–प्रमुखको नियुक्ति कहिले गरेको हो ?
– वि.सं. २०७४ माघ ३ गते
– नियुक्त प्रदेश प्रमुख : प्रदेन नं. १ : गोविन्द सुब्ब, प्रदेश नं. २ : रत्नेश्वरलाल कायस्थ, प्रदेश नं. ३ : अनुराधा कोइराला, प्रदेश नं. ४ : बाबुराम कुँवर, प्रदेश नं. ५ : उमाकान्त झा, प्रदेश नं. ६ : दुर्गाकेशर खनाल र प्रदेश नं. ७ : मोहनराज मल्ल ।
– त्यसैगरी २०७४ माघ ३ को मन्त्रिपरिषद् बैठकले सातवटै प्रदेशको अस्थायी मुकाम निम्नानुसार तोकेको : प्रदेश १ : विराटनगर, प्रदेश २ : जनकपुर, प्रदेश ३ : हेटौँडा, प्रदेश ४ : पोखरा, प्रदेश ५ : रुपन्देही, प्रदेश ६ : सुर्खेत र प्रदेश ७ : धनगढी ।

७. ‘लेखक हो आफ्नो शक्ति अनुरूप विषयको छनोट गर, तिम्रो काँधले बोक्न सक्ने र नसक्ने विचार माथि गम्भीरपूर्वक विचार गर’ भन्ने व्यक्तित्व को हुन् ?
– होटेस

८. कृषि विकास बैंकको स्थापना कहिले भएको हो ?
– वि.सं. २०२४  माघ ७

९. नेपालको पहिलो निःशुल्क वाइफाई जिल्ला कुन हो ?
– म्याग्दी

१०. नेपाल–ब्रिटेन दिगो तथा मैत्री सन्धि (Treaty of perpetual peace Friendship) कहिले भएको हो ?
– सन् १९२३ डिसेम्बर २१

विषयगत प्रश्नोत्तर

१. राजनीतिक विभाजन भनेको के हो ? लेख्नुहोस् ।
देशको भूभागलाई क्षेत्र, प्रान्त, अञ्चल, जिल्ला, इलाका आदि जस्ता प्रशासनिक एकाइमा विभाजन गर्ने कार्यलाई राजनीतिक विभाजन भनिन्छ । यो जनताको घर घरमा सरकार भन्ने अवधारणा पनि हो । जनताको नजिकमा गएर जनतासँगै बसेर जनइच्छा बमोजिम जनताका सबै कार्य गर्न राष्ट्रिय एकता र अखण्डता थप बलियो हुनेगरी देशलाई मुलुक सुहाउँदो विभिन्न प्रशासनिक एकाइमा विभाजन गर्नुपर्दछ । शान्ति सुरक्षा, सेवाप्रवाह, विकास निर्माण, सन्तुलित विकास, सामाजिक सद्भाव, राष्ट्रिय एकता, राष्ट्रिय अखण्डता, भौगोलिक सुगमता जस्ता पक्षमा ध्यान दिई मुलुकको आर्थिक सामाजिक रूपान्तरण गर्नु राजनीतिक विभाजनको मूलभूत उद्देश्य हो । नेपालको संविधानले नेपाललाई सङ्घीय राज्यमा रूपान्तरण गरी मुलुकलाई ७ प्रदेशमा विभाजन गरेर सोही अनुरूप जिल्लाको व्यवस्था गरेको छ । नेपालको संविधानको भावना अनुरूप नेपालमा सात प्रदेशमा प्रदेश सरकार, ७७ जिल्लामा जिल्ला समन्वय समिति र ७५३ स्थानीय निकायको व्यवस्था गरिएको छ । केन्द्र सरकार, प्रदेश सरकार र स्थानीय सरकारको व्यवस्था छ । यो नेपालको राजनीतिक विभाजन हो ।

२. नेपालमा नगरपालिका, उपमहानगरपालिका र महानगरपालिका गठनका आधार के–के हुन् ? उल्लेख गर्नुहोस् ।
स्थानीय सरकार सञ्चालन ऐन, २०७४ ले नेपालमा नगरपालिका, उपमहानगरपालिका र महानगरपालिका गठन हुन स्थायी बासिन्दा, वार्षिक आन्तरिक आय र सहरी सुविधा पूरा गरेको अवस्थालाई आधार तोकेको छ, जसलाई निम्नानुसार उल्लेख गर्न सकिन्छः
क) नगरपालिका
– हिमाली क्षेत्रमा कम्तीमा दश हजार स्थायी बासिन्दा,
– हिमाली जिल्लाको पहाडी क्षेत्र तथा पहाडी जिल्लामा कम्तीमा ४० हजार,
– भित्री मधेसका जिल्लामा कम्तीमा ५० हजार,
– तराईका जिल्लामा कम्तीमा ७५ हजार,
– काठमाडौं उपत्यका भित्रका जिल्लामा एक लाख,
– पछिल्लो पाँच वर्षको औसत वार्षिक आन्तरिक आय हिमाली क्षेत्रको भए एक करोड र अन्य जिल्लाको हकमा कम्तीमा तीन करोड,
– न्यूनतम सहरी सुविधा पूरा गरेको,

ख) उपमहानगरपालिका
– उपमहानगरपालिका हुनका लागि कम्तीमा दुई लाख स्थायी बासिन्दा,
– पछिल्लो पाँच वर्षको औसत वार्षिक आन्तरिक आय कम्तीमा २५ करोड,
– उचित सहरी सुविधा पूरा गरेको,

ग) महानगरपालिका
– कम्तीमा पाँच लाख स्थानीय बासिन्दा,
– पछिल्लो पाँच वर्षको औसत वार्षिक आय एक अर्ब,
– पर्याप्त सहरी सुविधा पूरा गरेको,
स्थानीय सरकार सञ्चालन ऐन, २०७४ ले यस ऐन प्रारम्भ हुँदाका बखत कायम रहेका नगरपालिका, उपमहानगरपालिका र महानगरपालिका यसै ऐन बमोजिम कायम भएको मानिने व्यवस्था गरेको छ ।

३. काठमाडौं तराई दुतमार्ग (Fast Track) को बारेमा सङ्क्षिप्त जानकारी दिनुहोस् ।
राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको काठमाडौं तराई द्रुतमार्गले काठमाडौं, ललितपुर, मकवानपुर र वारा जिल्लालाई समेटेको छ । मुलुकको आर्थिक विकासमा महत्वपूर्ण सहयोग पुग्ने यस सडकको लम्बाई ७६.२ किमि छ । काठमाडौंबाट एक डेढ घण्टामा तराई पुग्न सकिने यो सबभन्दा छोटो मार्ग हो । मकवानपुरको ठिगनबाटा रातोमाटे जोड्ने डेढ किमि दुईमुखे सुरुङ मार्गसहित निर्माण हुन लागेको यो सडक चार लेनको आधुनिक र सुविधासम्पन्न बनाउने योजना छ । वि.सं. २०७४ जेठ १४ गते तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहालद्वारा शिलान्यास गरिएको काठमाडौं तराई द्रुतमार्ग नेपाली सेनाले चार वर्षमा निर्माण सम्पन्न गर्ने लक्ष्य छ ।

 

साभारः गोरखापत्र

शुरु देखि हालसम्मका सबै श्रृंखलाहरु हेर्नका लागि यो लिंकमा क्लिक गर्नुहोस्

http://www.prasashan.com/category/loksewa/

Tags :
प्रतिक्रिया दिनुहोस